प्रकाश बम | भदौ १८, डोटी | केहि दिन यता देखि डोटीमा बजार अनुगमनमा कडाई गरीएको छ । दुई हप्ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश बम | भदौ १८, डोटी | केहि दिन यता देखि डोटीमा बजार अनुगमनमा कडाई गरीएको छ । दुई हप्ता"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोटीमा बजार अनुगमनमा कडाई

१८ भाद्र २०७३, शनिबार ०३:५४


प्रकाश बम | भदौ १८, डोटी | केहि दिन यता देखि डोटीमा बजार अनुगमनमा कडाई गरीएको छ । दुई हप्ता नवित्दै चारपटक संयुक्त रुपमा अनुगमन गरीएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टको नेतृत्वमा शुक्रबार दिपायलको पिपल्ला बजारमा गरीएको सयुक्त अनुगमन केहि म्याद नागेका सामान बरामद समेत गरीएका छन् ।

अनुगमनमा क्रममा पाँच पाकेट फेयर लब्ली, २२ पाकेट भ्यास लिन,२२ पिस पोन्स क्रिम,१३ पाकेट चाउमिन मसला र मिटमसला,२६ पाकेट बिस्कुट,४ पाकेट जिरा र १८ पाकेट जम्वो प्राउन बरामद गरीएको अनुगमन समितिका निरीक्षक तथा सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताए ।

पिपल्ला बजारका ३१ वटा पसलमा गरीएको अनुगमनमा केहि पसलमा मुल्य सुचि नराखिएको,पसल दर्ता नगरेको, नबिकरण,साईनवोर्ड नराखिएको र म्याद नाघेका बस्तु भेटीएकाले तत्काल सुधार गर्न समेत टोलिले निर्देशन गरेको छ । अनुगमन टोलिले दिएको निर्देशनलाई अर्कोपट पालना नगरेको भेटाएमा कानुनि दायरामा ल्याउने सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताए ।

चाड पर्वका बेला मात्र अनुगमन गरीन्छ भ्रमलाई चिरेर नया नतिजा दिन साउन ३१ गते देखि आज सम्म चार पटक दिपायल सिलगढीमा अनुगमन गरीएको जनाएको छ ।


अनुगमनका क्रममा एक एक वटा निजि अस्पताल,पोलिक्लिनिक, पुस्तक पसल,डेरी उद्योग,सुनचादी पसल,एग्रो भेट, चिया नास्ता पसल रहेका छन् । त्यस्तै दुई वटा मासु पसल , तिन वटा औषधि पसल, छ वटा होटल रेन्टु रेन्ट, तेह्रवटा खुद्रा तथा तरकारी पसल,संयुक्त अनुगमन गरीएको थियो ।

डोटी चौथो पटक अनुगमन गर्दा पहिला भन्दा केहि सुधार आएको अनुगमन टोलिले बताएको छ ।अनुगमन  निरन्तरता दिदा सेवा ग्राहि र केहि ब्यापारीहरुले खुसि समेत ब्यक्त गरेका छन् । सिलगढीमा गरीएको अनुगम भेटीएका अखाध्य बस्तु खाने तेल,दाल लगाएतका सामान सरोकारवाहरुको उपस्थितिमा नष्ट गरीएको र पिउन अयोग्य पानि पनि भेटीएकाले कंचनपुरमा संचालनमा रहेको खानेपानि कम्पनिका बिरुद्ध जिल्ला प्रशासनमा कार्यलयमा मुद्धा चलिरहेको सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताए ।

अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट, प्रसासकिय अधिकृत रमा घिमिरे, उद्योग वाणिज्य संघका प्रतिनिधि गणेश साउद प्रहरी लगाएतका संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ