२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

बाराको निजगढमा एमालेको ‘कमब्याक’

५ जेष्ठ २०७९, बिहीबार ०३:०२

जेठ ५, बारा | बाराको निजगढ नगरपालिकामा मेयर र उपमेयर पदमा जित हात पार्दै नेकपा एमालेले ‘कमब्याक’ गरेको छ । एमालेको बलियो पकड मानिँदै आएको निजगढमा ०७४ को निर्वाचनमा गुमेको साख फिर्ता गर्दै मेयर पदमा सुरथ परी र उपमेयरमा सोममाया थिङ्गले जित हात पारेका हुन् ।


कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेले विरासत फिर्ता गरेको हो । मेयर पुरीले ९४७५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी सुरोस खनालले ८६५९ मत पाए । 

उपमेयरमा एमालेकी सोममाया थिङ्गले ८६५९ मत प्राप्त गर्दा गठबन्धनका रवि राज दङ्गाले ८५१८ मतमा चित्त बुझाए ।

२०४२ देखि निजगढमा पकड जमाउदै आएको एमालेले गत स्थानीय निर्वाचनमा नगर प्रमुख पद भने गुमाउनु परेको थियो । १३ वटा वडा रहेको निजगढमा ०७४ को निर्वाचनमा उपप्रमुखसहित ८ वडाध्यक्ष एमालेले जितेको थियो । मेयरमा कांग्रेस र माओवादी केन्द्र गठबन्धनबाट चुनाव लडेका सुरेश खनाल विजयी भएका थिए । 

यो निर्वाचनमा पनि गठबन्धनबाट प्रतिस्पर्धी रहेका खनाललाई एमालेका पुरीले पराजित गरे ।

२०४३ को गाउँ पञ्चायत निर्वाचनमा यहाँ एमालेका पुरुषोत्तम पौडेल प्रधानपञ्च निर्वाचित भएका थिए । त्यसयता ०७४ को स्थानीय तहको चुनाव बाहेक सबै निर्वाचनमा एमालेले नै पकड जमाउदै आएको छ । ०४९ र ०५४ सालको निर्वाचनमा गाविस अध्यक्ष र उपाध्यक्षसहित सबै वडामा एमालेका उम्मेदवार विजयी बनेका थिए । 

‘जिल्लभित्र र बाहिर पनि निक्कै चासोको रुपमा हेरिएको थियो,' एमाले मधेस प्रदेश कमिटी सदस्य एवं निजगढका पूर्वगाविस अध्यक्ष एकबहादुर श्रेष्ठले भने, यसपटक एमालेले आफ्नो शाख कायम राखको छ ।’  

एमालेले यसपटकको निर्वाचनमा प्रमुख र उपप्रमुखसहित १३ मध्ये ५ वडाध्यक्ष जितेको छ । एमाले वडा नम्बर ३, ५, ६, ७ र १०  गरी पाँचवटा वडामा विजयी भएको छ । कांग्रेस अघिल्लो निर्वाचनमा एमालेले  जितेको वडा नम्बर २, ४, ९ र ११ सहित वडा नम्बर १०, १२ र १३ मा पनि जित हात पारेको छ । एमालेले भने यसअघिको निर्वाचनमा कांग्रेसले जितेको वडा नम्बर १० मात्रै हात पारेको छ । 


   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान