भदौ १८, भीमदत्तनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी पाँच महिनाभित्रै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, भीमदत्तनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी पाँच महिनाभित्रै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण"/>
२८ मंसिर २०८२, शनिबार
अर्थ/विकास

महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण थालिने

१८ भाद्र २०७३, शनिबार ०५:०२

भदौ १८, भीमदत्तनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी पाँच महिनाभित्रै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण थालिने हुने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले निर्माण हुने पुलको विस्तृत परियोजना प्रतिवेदन नेपालका तर्फबाट तयार भई भारतीय सरकारलाई बुझाउने लगायतका प्रक्रिया जारी रहेको बताउनुभयो । “पुल बने नेपाल–भारतबीचको आर्थिक समृद्धिको सेतु बन्न सक्छ”, उहाँले भन्नुभयो– “यसले देशकै आर्थिक उन्नतिमा सघाउ पुर्याउनेछ ।” 

अर्को प्रसङ्गमा उहाँले संविधान संशोधनका विषयमा वार्ता र सहमतिका माध्यमबाट प्रतिपक्षमा रहेको नेकपा (एमाले) पनि राजी हुने विश्वास व्यक्त गर्नुभयो । “संविधान संशोधनको विषयमा अहिले हामी छलफल चरणमा पुगेका छौँ ।” 

नेपाली काँग्रेसका नेता समेत रहनुभएका मन्त्री लेखकले भन्नुभयो– “संशोधनका लागि पहिला विषयवस्तु छनोट भए पनि राजनीतिक सहमति खोजिन्छ ।” त्यसका लागि प्रमुख प्रतिपक्षसहित सबै दलसँग छलफल र संवाद हुने उहाँको भनाइ थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ