भदौ १८, काठमाडौँ | शिविरमा सेना र हतियार राख्ने सम्झौता हुँदासम्म माओवादीलाई राज्यप्रति विश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १८, काठमाडौँ | शिविरमा सेना र हतियार राख्ने सम्झौता हुँदासम्म माओवादीलाई राज्यप्रति विश"/>

2026-07-05 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लुकाइएको हतियार प्रचण्डले बेच्न खोजे, बाबुरामले दिएनन्, ‘विप्लव’ नेतृत्वले चोर्यो


भदौ १८, काठमाडौँ | शिविरमा सेना र हतियार राख्ने सम्झौता हुँदासम्म माओवादीलाई राज्यप्रति विश्वास थिएन । हतियार बुझाएपछि आफूहरुलाई ‘जे पनि’ गर्न सक्ने आशङ्का उसमा थियो ।

राजा ज्ञानेन्द्रले परिवर्तन उल्टाउन पनि सक्छन् भन्ने आशङ्का कायमै भएकाले माओवादीले केही राम्रा हतियार लुकाउने योजना  बनायो । तर, यसको सल्लाह प्रचण्ड र बाबुरामले गिरिजाप्रसाद कोइरालासँग गरे ।

बाबुराम त्यस बेलाको घटना स्मरण गर्छन्- ‘गिरिजाबाबु, केही ठेगान छैन । अलिकति हतियार त राख्नुपर्छ कि ?’ यति भन्नासाथ कोइरालाले अप्रत्याशित जवाफ दिए । कोइरालाले जोसिँदै भने- ‘हुन्छ हुन्छ, राख्नूस् राख्नूस्, के पर्छ पर्छ । अलिकति लुकाउनूस्, हामीले पनि लुकाएकै हो ।’ नेपाली काङ्ग्रेसले आफूले गरेको सशस्त्र क्रान्तिपछि पनि दुवैपटक हतियार लुकाएको थियो ।

गिरिजाप्रसादले उक्त कुरा स्मरण गर्दै माओवादीलाई पनि हतियार लुकाउन सल्लाह दिए । त्यसपछि माओवादी जनमुक्ति सेना र हतियार शिविरमा जम्मा गर्ने क्रममा चार सय थान आधुनिक र राम्रा राम्रा हतियार लुकायो । यो कुरा माओवादीमा प्रचण्ड, बाबुराम र केही कमान्डरलाई मात्र थाहा थियो भने अन्य दलका कोइरालालाई मात्र थाहा थियो ।

सेना समायोजन प्रक्रिया टुङ्गिने-टुङ्गिने बेलामा प्रचण्डले ती हतियार एउटा विदेशी खुफिया एजेन्सीलाई बेच्ने तयारी गरे । तर, हतियार सीमा कटाएर लैजान प्रचण्डलाई गारो पर्‍यो ।

त्यसपछि प्रचण्डले तत्कालीन प्रधानमन्त्री बाबुरामलाई उक्त ‘डिल’ बताए । प्रधानमन्त्रीले चाहेमा हतियार सुरक्षित तरिकाले सीमा कटाउन सकिने भएकाले प्रचण्डले बाबुरामलाई ‘तपाईंले मिलाउनूस्’ भने ।

बाबुरामले ‘रगतसँग साटेका हतियार बेच्नु ठूलो गल्ती र अपराध हुने’ भन्दै प्रचण्डलाई त्यसो नगर्न आग्रह गरे । साथै, उनले हतियार बेचिए कुनै न कुनै बेला उक्त कुरा सार्वजनिक हुनेतर्फ पनि सचेत गराए । त्यसपछि प्रचण्डले हतियार बेच्ने योजना खारेज गरे ।

त्यसको केही समयपछि प्रधानमन्त्री बाबुरामले तत्कालीन प्रधानसेनापति छत्रमान सिंह गुरुङलाई बालुवाटारमा बोलाएर लुकाइएका हतियारबारे जानकारी दिँदै ती हतियार सुरक्षित रुपमा सम्बन्धित ठाउँमा ल्याएर राख्न निर्देशन दिए । सेनापति गुरुङलाई प्रधामन्त्री बाबुरामले ती हतियार सेनाको छाउनीस्थित भण्डारमा राख्न निर्देशन दिए र त्यसै गरियो ।

तर, प्रधानमन्त्रीले प्रधानसेनापतिलाई निर्देशन दिनुअघि नै नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा नवलपरासी र कैलालीमा लुकाइएका केही थान हतियार ‘चोरिए’ । 

- पत्रकार अनिल थापाद्धारा लिखित पुस्तक डा. बाबुराम भट्टराईको जीवनी ‘अविराम बाबुराम’ को अंशबाट निकालिएको । यो पुस्तक आज सार्वजनिक हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै