भदौ १८, काठमाडौँ | शिविरमा सेना र हतियार राख्ने सम्झौता हुँदासम्म माओवादीलाई राज्यप्रति विश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १८, काठमाडौँ | शिविरमा सेना र हतियार राख्ने सम्झौता हुँदासम्म माओवादीलाई राज्यप्रति विश"/>

१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लुकाइएको हतियार प्रचण्डले बेच्न खोजे, बाबुरामले दिएनन्, ‘विप्लव’ नेतृत्वले चोर्यो

१८ भाद्र २०७३, शनिबार ०५:२९


भदौ १८, काठमाडौँ | शिविरमा सेना र हतियार राख्ने सम्झौता हुँदासम्म माओवादीलाई राज्यप्रति विश्वास थिएन । हतियार बुझाएपछि आफूहरुलाई ‘जे पनि’ गर्न सक्ने आशङ्का उसमा थियो ।

राजा ज्ञानेन्द्रले परिवर्तन उल्टाउन पनि सक्छन् भन्ने आशङ्का कायमै भएकाले माओवादीले केही राम्रा हतियार लुकाउने योजना  बनायो । तर, यसको सल्लाह प्रचण्ड र बाबुरामले गिरिजाप्रसाद कोइरालासँग गरे ।

बाबुराम त्यस बेलाको घटना स्मरण गर्छन्- ‘गिरिजाबाबु, केही ठेगान छैन । अलिकति हतियार त राख्नुपर्छ कि ?’ यति भन्नासाथ कोइरालाले अप्रत्याशित जवाफ दिए । कोइरालाले जोसिँदै भने- ‘हुन्छ हुन्छ, राख्नूस् राख्नूस्, के पर्छ पर्छ । अलिकति लुकाउनूस्, हामीले पनि लुकाएकै हो ।’ नेपाली काङ्ग्रेसले आफूले गरेको सशस्त्र क्रान्तिपछि पनि दुवैपटक हतियार लुकाएको थियो ।

गिरिजाप्रसादले उक्त कुरा स्मरण गर्दै माओवादीलाई पनि हतियार लुकाउन सल्लाह दिए । त्यसपछि माओवादी जनमुक्ति सेना र हतियार शिविरमा जम्मा गर्ने क्रममा चार सय थान आधुनिक र राम्रा राम्रा हतियार लुकायो । यो कुरा माओवादीमा प्रचण्ड, बाबुराम र केही कमान्डरलाई मात्र थाहा थियो भने अन्य दलका कोइरालालाई मात्र थाहा थियो ।

सेना समायोजन प्रक्रिया टुङ्गिने-टुङ्गिने बेलामा प्रचण्डले ती हतियार एउटा विदेशी खुफिया एजेन्सीलाई बेच्ने तयारी गरे । तर, हतियार सीमा कटाएर लैजान प्रचण्डलाई गारो पर्‍यो ।

त्यसपछि प्रचण्डले तत्कालीन प्रधानमन्त्री बाबुरामलाई उक्त ‘डिल’ बताए । प्रधानमन्त्रीले चाहेमा हतियार सुरक्षित तरिकाले सीमा कटाउन सकिने भएकाले प्रचण्डले बाबुरामलाई ‘तपाईंले मिलाउनूस्’ भने ।

बाबुरामले ‘रगतसँग साटेका हतियार बेच्नु ठूलो गल्ती र अपराध हुने’ भन्दै प्रचण्डलाई त्यसो नगर्न आग्रह गरे । साथै, उनले हतियार बेचिए कुनै न कुनै बेला उक्त कुरा सार्वजनिक हुनेतर्फ पनि सचेत गराए । त्यसपछि प्रचण्डले हतियार बेच्ने योजना खारेज गरे ।

त्यसको केही समयपछि प्रधानमन्त्री बाबुरामले तत्कालीन प्रधानसेनापति छत्रमान सिंह गुरुङलाई बालुवाटारमा बोलाएर लुकाइएका हतियारबारे जानकारी दिँदै ती हतियार सुरक्षित रुपमा सम्बन्धित ठाउँमा ल्याएर राख्न निर्देशन दिए । सेनापति गुरुङलाई प्रधामन्त्री बाबुरामले ती हतियार सेनाको छाउनीस्थित भण्डारमा राख्न निर्देशन दिए र त्यसै गरियो ।

तर, प्रधानमन्त्रीले प्रधानसेनापतिलाई निर्देशन दिनुअघि नै नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा नवलपरासी र कैलालीमा लुकाइएका केही थान हतियार ‘चोरिए’ । 

- पत्रकार अनिल थापाद्धारा लिखित पुस्तक डा. बाबुराम भट्टराईको जीवनी ‘अविराम बाबुराम’ को अंशबाट निकालिएको । यो पुस्तक आज सार्वजनिक हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन