२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीका ६ पालिकाले स्थानीय सरकार पाए

६ जेष्ठ २०७९, शुक्रबार १२:५३

जेठ ६, महोत्तरी | प्रारम्भिक मतगणनाको मतपरिणामअनुसार महोत्तरीका १० पालिकाले  स्थानीय सरकार पाएका छन् ।

जिल्लाको बर्दिबास नगरपालिका, एकडारा गाउँपालिका, मटीहानी नगरपालिका, मनरासिस्वा नगरपालिका, महोत्तरी गाउँपालिका , रामगोपालपुर नगरपालिका, सोनामा गाउँपालिका, भंगाहा नगरपालिका,  लोहारपट्टटी नगरपालिकाले स्थानीय सरकार पाएका हुन् ।

मतपरिणामसँगै निर्वाचन आयोगले पालिका प्रमुख सहितको विजयी सरकारका प्रतिनिधिहरुको नाम घोषणा गरेपछि शुक्रबार उक्त पालिकाका अघिल्ला सरकारका जनप्रतिनिधिहरुलाई बिदाइ गरिएको छ ।

बर्दिबास नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीसहितको जनप्रतिनिधिको समूह शुक्रबार नै स्थानीय सरकारको हैसियतवाट बिदा भए ।

बिकाशका लागी बनाएका आधारहरुको निर्वाचित सरकारले स्वामित्व ग्रहण गरि त्यस्लाई पूरा गर्ने विश्वास ब्यक्त गर्दै नगरप्रमुख कार्कीले नगरवासीहरुको समृद्धिको लागि सँगै हातेमालो गर्ने बताए ।

अहिलेसम्म निर्वाचित भएका जनप्रतिनिधिहरु कतिपय दोहोरिएका छन् भने कतिपय नयाँ अनुहार छन् । मट्टीहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डललाई पुन: एकपटक स्थानीय सरकारमा सर्वसाधारणहरुले अनुमोदन गरेका छन् । 

अन्य नगरपालिकामा भने नयाँ अनुहार छन् । अहिलेसम्म निर्वाचित भएका स्थानीय सरकारमा एकडारा गाउँपालिकामा जसपाको नेतृत्वमा, मट्टीहानी नगरपालिकामा पुन: हरि लोसपाको नेतृत्वमा, मनरासिस्वा नगरपालिकामा नेपाली काङग्रेसको नेतृत्वमा, महोत्तरी गाउँपालिकामा तमलोपाको नेतृत्वमा, रामगोपालपुर नगरपालिकामा नेकपा एमालेको नेतृत्वमा, बर्दिबास नगरपालिकामा नेपाली काङ्ग्रेसवाट वागी वनेका प्रल्हाद क्षेत्रीको नेतृत्वमा, लोहारपट्टी नगरपालिका कांग्रेसको नेतृत्वमा, सोनामा गाउँपालिका लोसपाको नेतृत्वमा, औरही नगरपालिका लोसपाको नेतृत्वमा  छन् ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ