Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीका ६ पालिकाले स्थानीय सरकार पाए

२०७९, ६ जेष्ठ शुक्रबार १२:५३

जेठ ६, महोत्तरी | प्रारम्भिक मतगणनाको मतपरिणामअनुसार महोत्तरीका १० पालिकाले  स्थानीय सरकार पाएका छन् ।

जिल्लाको बर्दिबास नगरपालिका, एकडारा गाउँपालिका, मटीहानी नगरपालिका, मनरासिस्वा नगरपालिका, महोत्तरी गाउँपालिका , रामगोपालपुर नगरपालिका, सोनामा गाउँपालिका, भंगाहा नगरपालिका,  लोहारपट्टटी नगरपालिकाले स्थानीय सरकार पाएका हुन् ।

मतपरिणामसँगै निर्वाचन आयोगले पालिका प्रमुख सहितको विजयी सरकारका प्रतिनिधिहरुको नाम घोषणा गरेपछि शुक्रबार उक्त पालिकाका अघिल्ला सरकारका जनप्रतिनिधिहरुलाई बिदाइ गरिएको छ ।

बर्दिबास नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीसहितको जनप्रतिनिधिको समूह शुक्रबार नै स्थानीय सरकारको हैसियतवाट बिदा भए ।

बिकाशका लागी बनाएका आधारहरुको निर्वाचित सरकारले स्वामित्व ग्रहण गरि त्यस्लाई पूरा गर्ने विश्वास ब्यक्त गर्दै नगरप्रमुख कार्कीले नगरवासीहरुको समृद्धिको लागि सँगै हातेमालो गर्ने बताए ।

अहिलेसम्म निर्वाचित भएका जनप्रतिनिधिहरु कतिपय दोहोरिएका छन् भने कतिपय नयाँ अनुहार छन् । मट्टीहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डललाई पुन: एकपटक स्थानीय सरकारमा सर्वसाधारणहरुले अनुमोदन गरेका छन् । 

अन्य नगरपालिकामा भने नयाँ अनुहार छन् । अहिलेसम्म निर्वाचित भएका स्थानीय सरकारमा एकडारा गाउँपालिकामा जसपाको नेतृत्वमा, मट्टीहानी नगरपालिकामा पुन: हरि लोसपाको नेतृत्वमा, मनरासिस्वा नगरपालिकामा नेपाली काङग्रेसको नेतृत्वमा, महोत्तरी गाउँपालिकामा तमलोपाको नेतृत्वमा, रामगोपालपुर नगरपालिकामा नेकपा एमालेको नेतृत्वमा, बर्दिबास नगरपालिकामा नेपाली काङ्ग्रेसवाट वागी वनेका प्रल्हाद क्षेत्रीको नेतृत्वमा, लोहारपट्टी नगरपालिका कांग्रेसको नेतृत्वमा, सोनामा गाउँपालिका लोसपाको नेतृत्वमा, औरही नगरपालिका लोसपाको नेतृत्वमा  छन् ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित