भदौ १८, म्याग्दी । जिविस अन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरफाइ परियोजना मार्फत पछिल्लो एक वर्षयता म्याग्दीमा सातवटा खानेपानी आयोजना निर्माण भएको छ । 

छवटा गाविसका विभिन्न बस्तीमा रु दुई करोड आठ हजार ३९३ को लागतमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, म्याग्दी । जिविस अन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरफाइ परियोजना मार्फत पछिल्लो एक वर्षयता म्याग्दीमा सातवटा खानेपानी आयोजना निर्माण भएको छ । 

छवटा गाविसका विभिन्न बस्तीमा रु दुई करोड आठ हजार ३९३ को लागतमा"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीमा सातवटा खानेपानी आयोजना निर्माण

१८ भाद्र २०७३, शनिबार ०७:४२

भदौ १८, म्याग्दी । जिविस अन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरफाइ परियोजना मार्फत पछिल्लो एक वर्षयता म्याग्दीमा सातवटा खानेपानी आयोजना निर्माण भएको छ । 

छवटा गाविसका विभिन्न बस्तीमा रु दुई करोड आठ हजार ३९३ को लागतमा निर्माण भएको आयोजना मार्फत ५४८ घरधुरीमा बसोवास गर्ने तीन हजार ३५१ जनसङ्ख्यालाई शुद्ध र व्यवस्थित खानेपानी सुविधा पुगेको छ । 

फिनल्याड सरकार, नेपाल सरकार र जिविसको रु एक करोड ३१ लाख ६५ हजार ४०७ अनुदान, सम्बन्धित गाविस कार्यालयको रु १२ लाख ५२१ र समुदायको रु ५६ लाख ४२ हजार ७६५ बराबरको श्रम तथा नगद सहभागितामा खानेपानी आयोजना निर्माण भएको परियोजनाका सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिनुभयो । 

रुखमा दम्सिलेक, चिमखोलामा नामिला, पाखापानीमा मूलपानी, उल्लेरी, शिखमा शिस्नेरी, ओखरबोटमा थाप्लेडाँडा खानेपानी आयोजना निर्माण तथा दरवाङ– ३ को पुछारगैरा खानेपानी योजना सम्पन्न भएको हो । 

परियोजना मार्फत हाल जिल्लामा रु सात करोड ३९ लाख नौ हजार ८९१ लगायतका नौवटा खानेपानी आयोजना निर्माणाधिन अवस्थामा रहेका छन् । परियोजनाको रु दुई करोड ७७ लाख १३ हजार , गाविसको रु ४४ लाख ३४ हजार ५९३ र उपभोक्ताको रु २२ लाख ४४ हजार ४९१ नगद तथा श्रमदानमा निर्माण हुन लागेको आयोजनाबाट ८१५ घरधुरीको चार हजार ५९९ जनसङ्ख्या लाभान्वित हुने जनाइएको छ । 

बाबियाचौर– ९ मा पात्लेपानी, ओखरबोट– १ मा खालखोला, बिम– ८ र ९ मा ओख्ले बिम्वाङ, बेनपा– १२ मा डडुवा लिफ्टिङ, ताकममा कोटखोला, घार– ७,८ र ९ मा बिरौटा, अर्मन– ६ मा पिपलबोट, रुम– ९ मा सेउलुङ अधिभारा र बरङ्जा– ६,७ र ८ मा बाघ हान्ने गाँैडा खानेपानी आयोजना निर्माणाधिन अवस्थामा रहेका छन् । 

परियोजनाले म्याग्दीको १६ गाविसमा शुद्ध र व्यवस्थित खानेपानी सुविधाको पहुँच वृद्धि तथा सरसफाइ प्रर्वद्धन सम्बन्धी योजना तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ