भदौ १८, म्याग्दी । जिविस अन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरफाइ परियोजना मार्फत पछिल्लो एक वर्षयता म्याग्दीमा सातवटा खानेपानी आयोजना निर्माण भएको छ । 

छवटा गाविसका विभिन्न बस्तीमा रु दुई करोड आठ हजार ३९३ को लागतमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, म्याग्दी । जिविस अन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरफाइ परियोजना मार्फत पछिल्लो एक वर्षयता म्याग्दीमा सातवटा खानेपानी आयोजना निर्माण भएको छ । 

छवटा गाविसका विभिन्न बस्तीमा रु दुई करोड आठ हजार ३९३ को लागतमा"/>

2026-09-18 06:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीमा सातवटा खानेपानी आयोजना निर्माण

भदौ १८, म्याग्दी । जिविस अन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरफाइ परियोजना मार्फत पछिल्लो एक वर्षयता म्याग्दीमा सातवटा खानेपानी आयोजना निर्माण भएको छ । 

छवटा गाविसका विभिन्न बस्तीमा रु दुई करोड आठ हजार ३९३ को लागतमा निर्माण भएको आयोजना मार्फत ५४८ घरधुरीमा बसोवास गर्ने तीन हजार ३५१ जनसङ्ख्यालाई शुद्ध र व्यवस्थित खानेपानी सुविधा पुगेको छ । 

फिनल्याड सरकार, नेपाल सरकार र जिविसको रु एक करोड ३१ लाख ६५ हजार ४०७ अनुदान, सम्बन्धित गाविस कार्यालयको रु १२ लाख ५२१ र समुदायको रु ५६ लाख ४२ हजार ७६५ बराबरको श्रम तथा नगद सहभागितामा खानेपानी आयोजना निर्माण भएको परियोजनाका सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिनुभयो । 

रुखमा दम्सिलेक, चिमखोलामा नामिला, पाखापानीमा मूलपानी, उल्लेरी, शिखमा शिस्नेरी, ओखरबोटमा थाप्लेडाँडा खानेपानी आयोजना निर्माण तथा दरवाङ– ३ को पुछारगैरा खानेपानी योजना सम्पन्न भएको हो । 

परियोजना मार्फत हाल जिल्लामा रु सात करोड ३९ लाख नौ हजार ८९१ लगायतका नौवटा खानेपानी आयोजना निर्माणाधिन अवस्थामा रहेका छन् । परियोजनाको रु दुई करोड ७७ लाख १३ हजार , गाविसको रु ४४ लाख ३४ हजार ५९३ र उपभोक्ताको रु २२ लाख ४४ हजार ४९१ नगद तथा श्रमदानमा निर्माण हुन लागेको आयोजनाबाट ८१५ घरधुरीको चार हजार ५९९ जनसङ्ख्या लाभान्वित हुने जनाइएको छ । 

बाबियाचौर– ९ मा पात्लेपानी, ओखरबोट– १ मा खालखोला, बिम– ८ र ९ मा ओख्ले बिम्वाङ, बेनपा– १२ मा डडुवा लिफ्टिङ, ताकममा कोटखोला, घार– ७,८ र ९ मा बिरौटा, अर्मन– ६ मा पिपलबोट, रुम– ९ मा सेउलुङ अधिभारा र बरङ्जा– ६,७ र ८ मा बाघ हान्ने गाँैडा खानेपानी आयोजना निर्माणाधिन अवस्थामा रहेका छन् । 

परियोजनाले म्याग्दीको १६ गाविसमा शुद्ध र व्यवस्थित खानेपानी सुविधाको पहुँच वृद्धि तथा सरसफाइ प्रर्वद्धन सम्बन्धी योजना तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई