भदौ १८, पोखरा । बिहीबार राति र शुक्रबार साँझदेखि लगातारको वर्षाका कारण कास्कीका विभिन्न ग्रामीण सडक तथा सामुदायिक भवनमा क्षति पुगेको छ । 

 मेघ गर्जनसहित रातभर परेको पानीका कारण पोखराको छोरपाटनबाट लेखनाथ–१२ गगनगांैडा जोड्ने बाटा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, पोखरा । बिहीबार राति र शुक्रबार साँझदेखि लगातारको वर्षाका कारण कास्कीका विभिन्न ग्रामीण सडक तथा सामुदायिक भवनमा क्षति पुगेको छ । 

 मेघ गर्जनसहित रातभर परेको पानीका कारण पोखराको छोरपाटनबाट लेखनाथ–१२ गगनगांैडा जोड्ने बाटा"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

वर्षातका कारण कास्कीका विभिन्न ग्रामीण सडक तथा सामुदायिक भवनमा क्षति

२०७३, १८ भाद्र शनिबार ०८:१५

भदौ १८, पोखरा । बिहीबार राति र शुक्रबार साँझदेखि लगातारको वर्षाका कारण कास्कीका विभिन्न ग्रामीण सडक तथा सामुदायिक भवनमा क्षति पुगेको छ । 

 मेघ गर्जनसहित रातभर परेको पानीका कारण पोखराको छोरपाटनबाट लेखनाथ–१२ गगनगांैडा जोड्ने बाटामा ठाउँ ठाउँमा पहिरो गएको छ । वर्षात्सँगै छोरेपाटनदेखि निर्मलपोखरी भरतपोखरीका विभिन्न स्थानमा ग्राभेल बाटो समेत पहिराले क्षति पु¥याएपछि यातायात सञ्चालनका कठिनाइ भएको उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद आचार्यले बताए । 

 बिहीबार रातिको वर्षात्का कारण उक्त सडकखण्डको धारापानीमा पहिरो गएपछि अवरुद्ध बाटो सडक कर्मचारी र स्थानीयवासीको सक्रियतामा शुक्रबार मात्र खुलाइएकामा आज पुनः अवरुद्ध भएको उपभोक्ता समितिका सचिव गुरुप्रसाद पौडेलले बताए । 

 सडक अवरुद्ध भएसँगै जिविस कास्कीका इन्जिनियरसहितको प्राविधिक टोलीले शुक्रबार बाटाको स्थलगत अवलोकन गरेको थियो । वर्षात्का कारण लेखनाथ–१८ स्थित भरतपोखरी बहुउद्देश्यीय सामुदायिक भवन परिसरमा पहिरो गएपछि भवन जोखिममा परेको भवन संरक्षण समितिका कोषाध्यक्ष गोविन्द लम्सालले बताए । वर्षात्सँगै लेखनाथ नगरपालिकाका तालचोक शिशुवा लगायत स्थान जलमग्न भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस