१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, टाँगियाबस्तीको पीडा कसले सुन्ने ?

११ जेष्ठ २०७९, बुधबार ११:०८

जेठ ११, बारा | बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चासँगै टाँगियाबस्ती भौतिक पूर्वाधारको सुविधाबाट बन्चित हुन पुगेको छ । सरकारले महत्त्वाकांक्षी राष्ट्रिय परियोजनाका रूपमा रहेको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य सुरु भएको छैन भने टाँगियाबस्ती भौतिक पूर्वाधारको विकासबाट बन्चित हुन पुगेको छ । 

टाँगियाबस्तीका स्थानीय भत्किएका घर बनाउन पनि आँट गर्न सकेका छैनन्। सरकारले टाँगियाबस्तीलाई अन्यन्त्र स्थानान्तरण गर्ने भनिएपछि स्थानीयले आफ्नै घर बनाउनसमेत पाएका छ्रैनन् । जस कारण जीर्ण बनेका घरमा बस्न बाध्य छन् । 

टांगियामा विकास निर्माणको काम ठप्प छ । खानेपानी, विद्युत्, सडक र शैक्षिक पूर्वाधार विमानस्थलको योजनाकै कारण बन्न सकेको छैन ।

निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्ने चर्चासँगै रमाएका बारा जितपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीका बासिन्दाको खुसी भने आजकल हराउँदै गएको स्थानीय लक्ष्मी गोलेले जानकारी दिइन् ।


सरकारले टाँगियाबस्तीलाई बेवास्ता गरेको स्थानीयको गुनासो छ । ‘हामीलाई व्यवस्थापन गर्न सरकारले कुनै चासो दिएन । अब हामीलाई विमानस्थल निमाण होइन, यही ठाउँको लालपुर्जा र विकास चाहिन्छ,’ टाँगियाबस्ती सरकोकार समितिका संयोजक रमेश सापकोटाले बताए ।

विमानस्थल क्षेत्रभित्र रहेको मध्ये टाँगिया सबै भन्दा ठुलो बस्ती हो । ८ हजारभन्दा बढी जनसंख्या बसोबास रहेको बस्ती करिव ६५० बिघा क्षेत्रमा फैलिएको छ ।

तामागढी क्षेत्रको जंगल फडानीपछि रोपिएका बिरुवा गोडमेलसँगै बालीसमेत लगाउन पाउने गरी वन कर्मचारले २०३१ सालतिर सिन्धुली, रामेछाप, काभ्रे लगायत जिल्लाका सुकुम्बासीलाई ल्याएर बस्ती बसाएका थिए । बिरुवा हुर्केपछि अन्यत्र सार्ने भनिए पनि तत्काल उचित प्रवन्ध हुन नसक्दा बस्तीले स्थायी रुप लिएको थियो ।

निजी लगानीसम्बन्धी परियोजना समन्वय समितिको माघ २०६४ को सिफारिसअनुसार सरकारले त्रिवर्षीय योजना ०६४/६७ मा नेपाल प्रवेश गर्ने वैकल्पिक अन्तर्राष्ट्रिय हवाई मार्गका लागि   निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ