२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, टाँगियाबस्तीको पीडा कसले सुन्ने ?

२०७९, ११ जेष्ठ बुधबार ११:०८

जेठ ११, बारा | बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चासँगै टाँगियाबस्ती भौतिक पूर्वाधारको सुविधाबाट बन्चित हुन पुगेको छ । सरकारले महत्त्वाकांक्षी राष्ट्रिय परियोजनाका रूपमा रहेको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य सुरु भएको छैन भने टाँगियाबस्ती भौतिक पूर्वाधारको विकासबाट बन्चित हुन पुगेको छ । 

टाँगियाबस्तीका स्थानीय भत्किएका घर बनाउन पनि आँट गर्न सकेका छैनन्। सरकारले टाँगियाबस्तीलाई अन्यन्त्र स्थानान्तरण गर्ने भनिएपछि स्थानीयले आफ्नै घर बनाउनसमेत पाएका छ्रैनन् । जस कारण जीर्ण बनेका घरमा बस्न बाध्य छन् । 

टांगियामा विकास निर्माणको काम ठप्प छ । खानेपानी, विद्युत्, सडक र शैक्षिक पूर्वाधार विमानस्थलको योजनाकै कारण बन्न सकेको छैन ।

निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्ने चर्चासँगै रमाएका बारा जितपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीका बासिन्दाको खुसी भने आजकल हराउँदै गएको स्थानीय लक्ष्मी गोलेले जानकारी दिइन् ।


सरकारले टाँगियाबस्तीलाई बेवास्ता गरेको स्थानीयको गुनासो छ । ‘हामीलाई व्यवस्थापन गर्न सरकारले कुनै चासो दिएन । अब हामीलाई विमानस्थल निमाण होइन, यही ठाउँको लालपुर्जा र विकास चाहिन्छ,’ टाँगियाबस्ती सरकोकार समितिका संयोजक रमेश सापकोटाले बताए ।

विमानस्थल क्षेत्रभित्र रहेको मध्ये टाँगिया सबै भन्दा ठुलो बस्ती हो । ८ हजारभन्दा बढी जनसंख्या बसोबास रहेको बस्ती करिव ६५० बिघा क्षेत्रमा फैलिएको छ ।

तामागढी क्षेत्रको जंगल फडानीपछि रोपिएका बिरुवा गोडमेलसँगै बालीसमेत लगाउन पाउने गरी वन कर्मचारले २०३१ सालतिर सिन्धुली, रामेछाप, काभ्रे लगायत जिल्लाका सुकुम्बासीलाई ल्याएर बस्ती बसाएका थिए । बिरुवा हुर्केपछि अन्यत्र सार्ने भनिए पनि तत्काल उचित प्रवन्ध हुन नसक्दा बस्तीले स्थायी रुप लिएको थियो ।

निजी लगानीसम्बन्धी परियोजना समन्वय समितिको माघ २०६४ को सिफारिसअनुसार सरकारले त्रिवर्षीय योजना ०६४/६७ मा नेपाल प्रवेश गर्ने वैकल्पिक अन्तर्राष्ट्रिय हवाई मार्गका लागि   निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै