कमल रावल | भदौ १९, अछाम | प्राविधिक शिक्षाको गुणस्तर बृद्धिका लागी मंगला नेरा उच्च मावि ओलि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल | भदौ १९, अछाम | प्राविधिक शिक्षाको गुणस्तर बृद्धिका लागी मंगला नेरा उच्च मावि ओलि"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्राविधिक शिक्षाको गुणस्तर बृद्धिका लागी मंगला नेरा उच्च मावि ओलिगाउमा बृहत अन्तरकृया

१९ भाद्र २०७३, आईतवार ०३:४२


कमल रावल | भदौ १९, अछाम | प्राविधिक शिक्षाको गुणस्तर बृद्धिका लागी मंगला नेरा उच्च मावि ओलिगाउमा बृहत अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिती अध्यक्ष मिन बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रमका सहभागि शिक्षाप्रेमिले प्राविधिक जस्तो गरिखाने शिक्षाको गुणस्तर बृद्धिका लागी ठोस कार्य योजना बनाई अघि बढने प्रतिबद्धता जनाएका छन । 

विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागी सम्बद्ध सबै अभिभावक, शिक्षक र विद्यँर्थिको आपसि सहकार्य तथा समन्वय हुन जरुरी रहेको बताउनु भयो । जिल्ला रहेको एक मात्र प्राविधिक धार अन्तर्गतको विद्यालय मगला नेरा उच्च माविको शैक्षिक गुणस्तर अघि बढनु सके मात्र समग्र यस क्षेत्रको शैक्षिक बृद्धि हुदै जाने बताएका थिए । कार्यक्रमका प्रमुख अथिती मंगलसेन स्रोतकेन्द्रका स्रोतव्यक्रि योगेन्द्र विष्टले कार्यक्रममा प्रतिबद्धता गरेर मात्र नभई कार्यान्वयन गर्न सके शैक्षिक गुणस्तर माथि उठने बताएका थिए । आगामि दिनमा अभिभावक, शिक्षक, विदार्थिको शैक्षिक गुणस्तरका लागी नियमित अन्तक्र्रिया भईरहन जरुरी रहेको बताएका थिए । 

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख भिम जनाला, एमाले जिल्ला सचिवालय सदस्य चन्द्र बोहरा, नेपाली काग्रेसका बहादुर सिह विष्ट, नेकपा मालेका जोगि ढोलि, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती अछामका अध्यक्ष नर बहादुर रावल, पुर्व जिविस सदस्य पदम बहादुर रावल, लाली रावल, पुर्व विद्यालय व्यवस्थापन समिती अध्यक्ष झपट बहादुर रावल लागएतले मन्तव्य राख्दै शैक्षिक गुणस्तर बृद्धिका लागी सबैले साथ सहयोग गर्नु पर्नेमा जोडि दिएका थिए । 

आगामि दिनमा विद्यालयको गुणस्तर बृद्धिका कस्तो भन्ने विषयमा आफनो नियमित अनुगमन कार्य जारी रहने बताएका थिए । साथै कार्यक्रमका सहभागि सबैको हस्ताक्षरमा विद्यालयको आचार सहिता समेत निर्माण गरिएको छ । विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष मेहर सिह रावलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संञ्चालन प्रधानाध्यापक बम बहादुर थापाले गर्नु भएको थियो । मगला नेरा उच्च मावि ओलिगाउमा २०७० साल देखि प्राविधिक धार अन्र्तगत कक्षा ९ देखि नै लागु हुने गरि ३ वर्ष ओभर सियर कोर्ष सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य