प्रकाश धौलाकोटी । भदौ १९, तेह्रथुम । तेह्रथुममा स्थानीय निकाय पुनर्संरचना प्राविधिक सहयोग समितिले प्रस्तावित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  प्रकाश धौलाकोटी । भदौ १९, तेह्रथुम । तेह्रथुममा स्थानीय निकाय पुनर्संरचना प्राविधिक सहयोग समितिले प्रस्तावित"/>
२८ मंसिर २०८२, शनिबार
अर्थ/विकास

प्रस्तावित स्थानीय निकायको वडा विभाजन सुरु

१९ भाद्र २०७३, आईतवार ०४:१०

 प्रकाश धौलाकोटी । भदौ १९, तेह्रथुम । तेह्रथुममा स्थानीय निकाय पुनर्संरचना प्राविधिक सहयोग समितिले प्रस्तावित स्थानीय निकायको वडा विभाजन थालेको छ । समितिले शनिबार सिम्लेको पोक्लाबाङमा स्थानीयसँगको छलफल कार्यक्रम राखेर फेदाप गाउँपालिकाको वडा विभाजन समेत सर्वसहमतिले गरेको छ ।

प्रस्तावित फेदाप गाउँपालिकामा पर्ने सम्दु, ईसिवु, सिम्ले, जलजले र ओयाक्जुङ गाविसका राजनीतिक दल, नागरिक समाज, वडा नागरिक मञ्चका संयोजक, पुर्वजनप्रतिनिधि, शिक्षक लगायत स्थानीयबासीहरुको भेलाले सर्वसहमतिले वडा विभाजन गरेको प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार भेलाले हालको सिम्ले गाविस वडा नं. १, जलजले गाविस वडा नंं २,  ओयाक्जुङ गाविस वडा नंं. ३, सम्दु गाविस वडा नं. ४ र इसिवु गाविस वडा नं.५ मा विभाजन गरिएको छ । जिल्लामा राजनीतिक दलहरुको सर्वसहमतिको निर्णयले नौ स्थानीय निकाय बनाउने सहमति गरेकोप्रति स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।

प्राविधिक सहयोग समिति संयोजक स्थानीय विकास अधिकारी कार्कीले आयोगको निर्देशन बमोजिमको पाँच स्थानीय निकाय र सर्वसहमतिको नौ स्थानीय निकाय बनाउने निर्णयलाई बैकल्पिकमा राखेर सिफारिस गरिने जानकारी दिनुभयो । राजनीतिक दलहरुले सो गाउँपालिकाका पाँच गाविसमध्ये जलजले र ओयाक्जुङको एक गाउँपालिका तथा सम्दु, इसिवु र सिम्ले गाविसको अर्को गाउँपालिका बनाउने सहमति गरेका थिए ।

प्राविधिक सहयोग समितिले आज आठराईको सक्रान्तिबजार, छथरको शुक्रबारे, बसन्तपुर र भोलि म्याङलुङ्गमा छलफल कार्यक्रम गर्ने र वडा विभाजनको कार्य टङ्ग्याउने तयारी गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ