प्रकाश धौलाकोटी । भदौ १९, तेह्रथुम । तेह्रथुममा स्थानीय निकाय पुनर्संरचना प्राविधिक सहयोग समितिले प्रस्तावित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  प्रकाश धौलाकोटी । भदौ १९, तेह्रथुम । तेह्रथुममा स्थानीय निकाय पुनर्संरचना प्राविधिक सहयोग समितिले प्रस्तावित"/>
2026-06-17 10:28 AM
अर्थ/विकास

प्रस्तावित स्थानीय निकायको वडा विभाजन सुरु

 प्रकाश धौलाकोटी । भदौ १९, तेह्रथुम । तेह्रथुममा स्थानीय निकाय पुनर्संरचना प्राविधिक सहयोग समितिले प्रस्तावित स्थानीय निकायको वडा विभाजन थालेको छ । समितिले शनिबार सिम्लेको पोक्लाबाङमा स्थानीयसँगको छलफल कार्यक्रम राखेर फेदाप गाउँपालिकाको वडा विभाजन समेत सर्वसहमतिले गरेको छ ।

प्रस्तावित फेदाप गाउँपालिकामा पर्ने सम्दु, ईसिवु, सिम्ले, जलजले र ओयाक्जुङ गाविसका राजनीतिक दल, नागरिक समाज, वडा नागरिक मञ्चका संयोजक, पुर्वजनप्रतिनिधि, शिक्षक लगायत स्थानीयबासीहरुको भेलाले सर्वसहमतिले वडा विभाजन गरेको प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार भेलाले हालको सिम्ले गाविस वडा नं. १, जलजले गाविस वडा नंं २,  ओयाक्जुङ गाविस वडा नंं. ३, सम्दु गाविस वडा नं. ४ र इसिवु गाविस वडा नं.५ मा विभाजन गरिएको छ । जिल्लामा राजनीतिक दलहरुको सर्वसहमतिको निर्णयले नौ स्थानीय निकाय बनाउने सहमति गरेकोप्रति स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।

प्राविधिक सहयोग समिति संयोजक स्थानीय विकास अधिकारी कार्कीले आयोगको निर्देशन बमोजिमको पाँच स्थानीय निकाय र सर्वसहमतिको नौ स्थानीय निकाय बनाउने निर्णयलाई बैकल्पिकमा राखेर सिफारिस गरिने जानकारी दिनुभयो । राजनीतिक दलहरुले सो गाउँपालिकाका पाँच गाविसमध्ये जलजले र ओयाक्जुङको एक गाउँपालिका तथा सम्दु, इसिवु र सिम्ले गाविसको अर्को गाउँपालिका बनाउने सहमति गरेका थिए ।

प्राविधिक सहयोग समितिले आज आठराईको सक्रान्तिबजार, छथरको शुक्रबारे, बसन्तपुर र भोलि म्याङलुङ्गमा छलफल कार्यक्रम गर्ने र वडा विभाजनको कार्य टङ्ग्याउने तयारी गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ