१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८ महिनामा वैदेशिक रोजगारीमा गएका १,१७१ नेपालीले ज्यान गुमाए

१५ जेष्ठ २०७९, आईतवार ०६:५४

जेठ १५, काठमाडौँ |  ८ महिनामै वैदेशिक रोजगारीका लागि गएका १ हजार १७१ नेपालीले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार साउनदेखि फागुन मसान्तसम्म वैदेशिक रोजगारीको सिलसिलामा ती नेपालीको मृत्यु भएको हो । श्रम स्वीकृति लिएर गएका १ हजार १३८ पुरुष र ३३ महिलाले विभिन्न दुर्घटना तथा बिरामी भई ज्यान गुमाएका हुन् ।


मृतकका ती परिवारलाई क्षतिपूर्तिवापत कुल ५७ करोड ९६ लाख राहत प्रदान गरिएको बोर्डले जनाएको छ । वैदेशिक रोजगारीको क्रममा मृत्यु हुने कामदारको नजिकका हकदारलाई बोर्डले आर्थिक सहायतास्वरुप ७ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीमा गई मृत्यु हुनेको संख्या बढ्दो देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा कुल ६६१ जनाले ज्यान गुमाएकोमा २०७७/७८ मा १,२४२ जनाको मृत्यु भएको थियो । सरकारले वैदेशिक रोजगारीको लागि संस्थागत रुपमा ११० र व्यक्तिगत रुपमा १७८ मुलुकमा खुला गरेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये प्रमुख रुपमा रहेका मलेसिया, कतार, साउदी अरब र यूएईमा मात्रै ९० प्रतिशत कार्यरत छन् । तीमध्ये मलेसियामा सबैभन्दा धेरै २७.६ प्रतिशत छन् । कतारमा २६.७, साउदी अरबमा २०.८ र यूएईमा १४ प्रतिशत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन