भदौ १९, पोखरा | भारतीय नागरिकलाई नेपाल पठाएर पोखरामा बन्धक बनाई १ करोड फिरौती मागिएको खुलाशा भएको छ । 

भारतको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९, पोखरा | भारतीय नागरिकलाई नेपाल पठाएर पोखरामा बन्धक बनाई १ करोड फिरौती मागिएको खुलाशा भएको छ । 

भारतको "/>

2026-07-28 01:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

भारतीयलाई पोखरा पठाएर यसरी भयो अपहरण, अपहरणमा १० जनाको संलग्नता

भदौ १९, पोखरा | भारतीय नागरिकलाई नेपाल पठाएर पोखरामा बन्धक बनाई १ करोड फिरौती मागिएको खुलाशा भएको छ । 

भारतको उत्तरप्रदेश महाराजगन्ज जिल्लामा पर्ने सुनौली जुगौलीका सोनु भनिने खुर्सिद अहमदलाई भारतीयले केहि नेपालीको समेत संलग्नतामा सुनको असर्फीको बजार बुझ्न भन्दै नेपाल पठाएर अपहरण गरि कास्की लेखनाथको एक घरमा बन्धक बनाएर राखिएको अवस्थामा प्रहरीले उद्दार गरेको थियो । 

प्रहरीका अनुसार खुर्सिदलाई उनका केही साथीले आफूहरूसँग सुनको असर्फी रहेको र त्यसको भारतमा भन्दा नेपालमा राम्रो बजार रहेको भन्दै बुझ्न नेपाल पठाएका थिए । प्रहरीको अनुसार  खुर्सिदलाई एउटा असर्फी नमुनाका लागि दिएर भारतीय नागरिकले नेपाल पठाएका थिए । असर्फिको बजार बुझ्ने क्रममा उनि विभिन्न व्यक्तिसँग सम्पर्क गर्दै पोखरा आईपुगे । यही क्रममा लेखनाथको घरमा बन्धक बनाएर उनलाई राखिएको थियो । बन्धक बनाउनेहरुले उनको दाजुसँग १ करोडको फिरौती माग गरे र प्रहरीलाई थाहा दिए भाईको हत्या गरिदिने चेतावनी दिए । 

अपहरणकारीको धम्किपछि खुर्सिदका दाजु समसेर अहमद रुपन्देही प्रहरीको सम्पर्कमा आएर निवेदन दिए । निवेदन पछि खुर्सिदको अवस्था बारे प्रहरीले खोजि गर्यो । उनि पोखरा पुगेको खुलेपछि कास्की प्रहरीले उनको खोजी सुरु गर्यो । 

सोमबार बाहिरबाट चुक्कुल लगाएर अपहरणकारी बाहिर निस्केका बेला खुर्सिदले डोरीको सहायताबाट बाहिर निस्किने क्रममा प्रहरी र स्थानीयले उनलाई देखेर खुर्सिदको उद्धार गरेका थिए । खुर्सिदलाई बन्धक बनाइएको लेखनाथको शिशुवाचोकस्थित अशोक अधिकारीको घरको कोठाबाट एउटा मेड इन यूएसए लेखिएको पेस्तोल बरामद गरेको छ ।

प्रहरीले अपहरणमा प्रयोग गरिएको प्राइभेट कारका चालक भारतको गोरखपुर, हमादीपुर घर भई पोखरामा बस्दै आएका शाहबुद्दीन कुसेरी र नवलपरासी कावासोती ११ का अरुण घलेलाई पक्राउ गरेको छ। प्रहरीको अनुसार घटनामा महिलासहित १० जनाजतिको संलग्नता छ । घटनाको अझै बिस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ