कनकाई, भदौ १९ / झापा जिल्लामा रहेका ८ नगरपालिकाबीच प्रथम पटक सुरुङ्गामा अन्तर नगर स्तरीय फुटबल प्रतियोगिता हुने भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कनकाई, भदौ १९ / झापा जिल्लामा रहेका ८ नगरपालिकाबीच प्रथम पटक सुरुङ्गामा अन्तर नगर स्तरीय फुटबल प्रतियोगिता हुने भए"/>
२३ चैत्र २०८१, शनिबार
खेलकुद

झापाका सबै नगरपालिका भिड्ने !

१९ भाद्र २०७३, आईतवार ०७:५६

कनकाई, भदौ १९ / झापा जिल्लामा रहेका ८ नगरपालिकाबीच प्रथम पटक सुरुङ्गामा अन्तर नगर स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । 

कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा आगामी असोज ७ गतेदेखि १४ गतेसम्म प्रतियोगिता हुन लागेको हो । शनिबार आयोजक कासाले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । झापा जिल्लाका ८ नगरपालिकाहरु कनकाई, भद्रपुर, बिर्तामोड, दमक, मेचीनगर, शनिअर्जुन, शिवसताक्षी र गोरादहका ८ टिमले प्रतियोगितामा सहभागिता जनाउने छन् । 

प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीले क्रमशः १ लाख १ हजार १ सय ११ रुपैयाँ र ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने खेल समितिका संयोजक राजेन्द्रकुमार उप्रेतीले बताए । प्रतियोगितमा दैनिक उत्कृष्ट हुने खेलाडीलाई समेत नगद १५ हजार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष ज्योतिकुमार उप्रेतीले बताए । 

यसैबीच, प्रतियोगिता सम्पन्न गर्नका लागि राजेन्द्रकुमार उप्रेतीको संयोजकत्वमा २६ सदस्य मुल आयोजक समिति गठन गरिएको छ । 

सदस्यहरुमा राजकुमार कट्टेल, सुनिल भेटवाल, छवि थपलिया, भीमप्रसाद भट्टराई, सुनिता बोगटी, दुर्गाप्रसाद प्रसाईं, लीलाराज झापाली, सरोज पोखरेल, झलक सिटौला, रामचन्द्र खरेल, अर्जुन गिरी, तीर्थराज खरेल, रेवत गौतम, रामप्रसाद निरौला, सन्तबहादुर रायमाझी, लीलु गिरी, दिलकुमार कार्की, राजेन्द्रकुमार पोखरेल, टीका लामिछाने, जय राजवंशी, विनोद उप्रेती, जीवन लामिछाने, साजन थापा, इन्द्रपुलामी  मगर र दीपेन लिम्बू रहेका छन् ।

प्रतियोगिता सम्पन्न गर्न कुल ६ लाख ४१ हजार ७ सय २२ रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ?