१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा अवैध रुपमा बसेका ११८ नेपालीले पाए एक्जिट भिसा

१७ जेष्ठ २०७९, मंगलवार १०:०७

जेठ १७, काठमाडौँ | साउदी अरेबियामा अवैध रुपमा बसेका ११८ जना नेपालीले एक्जिट (बहिर्गमन) भिसा पाएका छन् ।

साउदीस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले ११८ नेपालीलाई बहिर्गमन भिसा दिएको हो । साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नवनाईएका वा नवीकरण नगरिएकाहरू लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा (एक्जिट भिसा ) का लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिए अनुसार भिसा प्राप्त भएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार दुई हप्तामा रियादबाट प्रोसेसिङ् गरिएका मध्ये जम्मा ११८ जनाको वहिर्मन भिसा प्राप्त भएको छ । दूतावासले फेसबुक पेजमा प्रकाशित लिष्टमा नाम आएकाहरूले दूतावासमा गएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जान समेत अनुरोध गरेको छ ।

दूतावासले प्रोसेसिङ गरेर प्राप्त हुने वहिर्गमन भिसाको सूचि प्रत्येक हप्ता दूतावासको फेसबुक पेजमार्फत् सार्वजनिक गर्ने जनाएको छ । उक्त सूचिमा दमाम, जुवेल, खोबर र अलहासास्थित अध्यागमन कार्यालयबाट प्राप्त हुने वहिर्गमन भिसाको विवरण समेत समावेश गरिने दूतावासले जनाएको छ ।

बहिर्गमन भीसा जारी भएकाहरुले भिसा जारी भएको ६० दिन भित्र साउदी अरब छोडिसक्नुपर्ने नियम छ । पछिल्लो समय त्यहाँका विभिन्न कम्पनीहरुले अकामा नबाईदिएको तथा कम्पनी छोडेर भागेर अन्य कम्पनीमा काम गरिरहेका नेपालीहरुलाई स्वदेश फर्किन एक्जिट भिसा आवश्यक पर्छ ।

अहिले साउदीमा ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्किनको लागि एक्जिट भिसाको पर्खाइमा रहेका छन् । दूतावासले पनि एक्जिट भिसाको लागि प्रोसेसिङ भैरहेको र एक्जिट भिसा प्राप्त गर्नसाथ फेसबुक पेज मार्फत सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक