2026-07-28 01:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा अवैध रुपमा बसेका ११८ नेपालीले पाए एक्जिट भिसा

जेठ १७, काठमाडौँ | साउदी अरेबियामा अवैध रुपमा बसेका ११८ जना नेपालीले एक्जिट (बहिर्गमन) भिसा पाएका छन् ।

साउदीस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले ११८ नेपालीलाई बहिर्गमन भिसा दिएको हो । साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नवनाईएका वा नवीकरण नगरिएकाहरू लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा (एक्जिट भिसा ) का लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिए अनुसार भिसा प्राप्त भएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार दुई हप्तामा रियादबाट प्रोसेसिङ् गरिएका मध्ये जम्मा ११८ जनाको वहिर्मन भिसा प्राप्त भएको छ । दूतावासले फेसबुक पेजमा प्रकाशित लिष्टमा नाम आएकाहरूले दूतावासमा गएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जान समेत अनुरोध गरेको छ ।

दूतावासले प्रोसेसिङ गरेर प्राप्त हुने वहिर्गमन भिसाको सूचि प्रत्येक हप्ता दूतावासको फेसबुक पेजमार्फत् सार्वजनिक गर्ने जनाएको छ । उक्त सूचिमा दमाम, जुवेल, खोबर र अलहासास्थित अध्यागमन कार्यालयबाट प्राप्त हुने वहिर्गमन भिसाको विवरण समेत समावेश गरिने दूतावासले जनाएको छ ।

बहिर्गमन भीसा जारी भएकाहरुले भिसा जारी भएको ६० दिन भित्र साउदी अरब छोडिसक्नुपर्ने नियम छ । पछिल्लो समय त्यहाँका विभिन्न कम्पनीहरुले अकामा नबाईदिएको तथा कम्पनी छोडेर भागेर अन्य कम्पनीमा काम गरिरहेका नेपालीहरुलाई स्वदेश फर्किन एक्जिट भिसा आवश्यक पर्छ ।

अहिले साउदीमा ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्किनको लागि एक्जिट भिसाको पर्खाइमा रहेका छन् । दूतावासले पनि एक्जिट भिसाको लागि प्रोसेसिङ भैरहेको र एक्जिट भिसा प्राप्त गर्नसाथ फेसबुक पेज मार्फत सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल