२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

भोट हाल्न खोटाङ हिँडेकी वृद्धाको बाटैमा हत्या, नातीविरुद्ध जाहेरी

२० जेष्ठ २०७९, शुक्रबार १३:२३

जेठ २०, खोटाङ | मतदानका लागि शहरबाट गाउँ लैजाने क्रममा हजुरमाको बाटैमा हत्या गरेको भन्दै नातीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दर्ता भएको छ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भइ हाल इटहरी उपमहानगरपालिका–१६ बालग्रामचोक बस्दैआएकी ७७ वर्षकी तुलसा खड्कालाई मतदान गर्नका लागि गाउँ लैजाने क्रममा बाटैमा हत्या गरेको भन्दै बिरुद्ध कर्तव्य ज्यान सम्वन्धी किटानीमुद्दा दर्ता भएको हो। अभियुक्तविरुद्ध कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

३० वैशाखको स्थानीय तहको निर्वाचनमा मतदान गर्न भन्दै वृद्धा गत २६ बैसाखमा नातीसँग सुनसरीबाट खोटाङतर्फ हिँडेकी थिइन् । प्रहरीका अनुसार उनको बुधबार मात्र सनाखत भएको हो । गाउँ हिँडेकै दिनदेखि वृद्धा बेपत्ता बनेको भतिजेनी लक्ष्मी खड्काले बताइन् । 

बृद्धाको शव ३१ बैशाखमा खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरामा सुनकोसी नदी किनारमा भेटिएको थियो । बेवारिसे अवस्थामा भेटिएको शवलाई प्रहरीले उठाएर उदयपुरको बेलटारमा लगेर पोष्टमार्टम गरेको थियो । तर पोष्टमार्टमपछि पनि आफन्त सोधीखोजीमा नपुगेपछि बेवारिसे बनेको शवको २ जेठमा सदगद गरिएको थियो ।

दाँत, साडी, चोलो लगायतका माध्यमबाट ठुलीआमाको पहिचान गरिएको लक्ष्मी बताउँछिन् । “गत वर्ष डेण्टलमा लगेर ठुलीआमाको दाँत हालिदिएको थिएँ । उहाँले रातो पारी भएको पहेँलो साडी र राधे लेखिएको गेरु रंगको कपडा ओढ्नु भएको थियो,” उनले भनिन्, “शव सडेर नचिनिने अवस्थामा भए पनि यही प्रमाणको आधारमा पहिचान गरेका हौँ । म घरमा नभएको बेला कोठाबाट हिँडाएछ । बेलुका घर आएर फोन गर्दा तीन घण्टी गयो र फोन काटियो ।” पारिवारिक बेमेल र हिंसा पिडित बृद्धालाई लक्ष्मीले आफ्नो घर नजिकै कोठा व्यवस्था गरेर एक वर्षदेखि रेखदेखमा राखेकी थिईन् । 

शहरबाट मतदान गर्न गाउँ जाने मतदाताका लागि उम्मेदवारहरुले गाडीको व्यवस्था गरेको थियो । लक्ष्मीले ठुलीआमालाई त्यस्तै प्रयोजित गाडीमार्फत मतदान गर्न जान र फर्कन सुझाएका थिए । तर आफु विहेमा गएको बेलामा बृद्धालाई मतदान गर्न गाउँ लैजाने वाहनामा बेत्तपा पारिएको लक्ष्मीको दावी छ ।

मतदान गर्न जाने क्रममा सँगै रहेका बृद्धा बेपत्ता भएपछि आफन्तले नातीलाई शंकास्पद नजरले हेरेका थिए । बृद्धाको बारेमा सोधखोज गर्दा उनले ‘आफन्तकोमा इन्डिया गएको र महिना दिनपछि आउने’ जवाफ दिने गरेका थिए । घटना थप शंकास्पद बन्दैगएपछि लक्ष्मीले ठुलीआमाको हत्या भएको र हत्यामा नातीकै संलग्नता रहेको सामाजिक सञ्जालमार्फत लाइभ बसेर दावी गरेकी थिइन् । 

 गत १० जेठसम्म सम्पर्कमा रहेका अभियुक्त १३ जेठदेखि सम्पर्क विहिन बनेको लक्ष्मी बताउँछिन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी लम्सालले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान