2026-08-23 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

भोट हाल्न खोटाङ हिँडेकी वृद्धाको बाटैमा हत्या, नातीविरुद्ध जाहेरी

जेठ २०, खोटाङ | मतदानका लागि शहरबाट गाउँ लैजाने क्रममा हजुरमाको बाटैमा हत्या गरेको भन्दै नातीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दर्ता भएको छ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भइ हाल इटहरी उपमहानगरपालिका–१६ बालग्रामचोक बस्दैआएकी ७७ वर्षकी तुलसा खड्कालाई मतदान गर्नका लागि गाउँ लैजाने क्रममा बाटैमा हत्या गरेको भन्दै बिरुद्ध कर्तव्य ज्यान सम्वन्धी किटानीमुद्दा दर्ता भएको हो। अभियुक्तविरुद्ध कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

३० वैशाखको स्थानीय तहको निर्वाचनमा मतदान गर्न भन्दै वृद्धा गत २६ बैसाखमा नातीसँग सुनसरीबाट खोटाङतर्फ हिँडेकी थिइन् । प्रहरीका अनुसार उनको बुधबार मात्र सनाखत भएको हो । गाउँ हिँडेकै दिनदेखि वृद्धा बेपत्ता बनेको भतिजेनी लक्ष्मी खड्काले बताइन् । 

बृद्धाको शव ३१ बैशाखमा खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरामा सुनकोसी नदी किनारमा भेटिएको थियो । बेवारिसे अवस्थामा भेटिएको शवलाई प्रहरीले उठाएर उदयपुरको बेलटारमा लगेर पोष्टमार्टम गरेको थियो । तर पोष्टमार्टमपछि पनि आफन्त सोधीखोजीमा नपुगेपछि बेवारिसे बनेको शवको २ जेठमा सदगद गरिएको थियो ।

दाँत, साडी, चोलो लगायतका माध्यमबाट ठुलीआमाको पहिचान गरिएको लक्ष्मी बताउँछिन् । “गत वर्ष डेण्टलमा लगेर ठुलीआमाको दाँत हालिदिएको थिएँ । उहाँले रातो पारी भएको पहेँलो साडी र राधे लेखिएको गेरु रंगको कपडा ओढ्नु भएको थियो,” उनले भनिन्, “शव सडेर नचिनिने अवस्थामा भए पनि यही प्रमाणको आधारमा पहिचान गरेका हौँ । म घरमा नभएको बेला कोठाबाट हिँडाएछ । बेलुका घर आएर फोन गर्दा तीन घण्टी गयो र फोन काटियो ।” पारिवारिक बेमेल र हिंसा पिडित बृद्धालाई लक्ष्मीले आफ्नो घर नजिकै कोठा व्यवस्था गरेर एक वर्षदेखि रेखदेखमा राखेकी थिईन् । 

शहरबाट मतदान गर्न गाउँ जाने मतदाताका लागि उम्मेदवारहरुले गाडीको व्यवस्था गरेको थियो । लक्ष्मीले ठुलीआमालाई त्यस्तै प्रयोजित गाडीमार्फत मतदान गर्न जान र फर्कन सुझाएका थिए । तर आफु विहेमा गएको बेलामा बृद्धालाई मतदान गर्न गाउँ लैजाने वाहनामा बेत्तपा पारिएको लक्ष्मीको दावी छ ।

मतदान गर्न जाने क्रममा सँगै रहेका बृद्धा बेपत्ता भएपछि आफन्तले नातीलाई शंकास्पद नजरले हेरेका थिए । बृद्धाको बारेमा सोधखोज गर्दा उनले ‘आफन्तकोमा इन्डिया गएको र महिना दिनपछि आउने’ जवाफ दिने गरेका थिए । घटना थप शंकास्पद बन्दैगएपछि लक्ष्मीले ठुलीआमाको हत्या भएको र हत्यामा नातीकै संलग्नता रहेको सामाजिक सञ्जालमार्फत लाइभ बसेर दावी गरेकी थिइन् । 

 गत १० जेठसम्म सम्पर्कमा रहेका अभियुक्त १३ जेठदेखि सम्पर्क विहिन बनेको लक्ष्मी बताउँछिन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी लम्सालले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो