2026-09-12 05:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

हत्याको दोषी पत्ता लगाई सार्वजनिक गर्न माग गर्दै बारामा चक्काजाम

जेठ २०, बारा | बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ निवासी राकेशभक्त पौडेलको हत्याको दोषी पत्ता लगाई सार्वजनिक गर्न माग गर्दै स्थानीयले शुक्रबार चक्काजाम गरेका छन् ।

हत्याको २२ दिन बितिसक्दा पनि दोषी पत्ता लगाई सार्वजनिक नगरिएको भन्दै पीडित परिवारसहितका स्थानीयले वडा नम्बर ७ जीतपुरस्थित दुर्गा मन्दिर अगाडी मुख्य सडकमा चक्काजाम गरेका हुन् ।

घटनाको सत्य तथ्य बाहिर ल्याउन र दोषीलाई कडाभन्दा कडा सजायको माग गर्दै स्थानीय गाउँलेहरू स्वतःस्फूर्त सडकमा उत्रिएका हुन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-६ का मृतक राकेशभक्त पौडेलको साथमा रहेको पर्सा घटनाको २२ दिनपछि आज बिहान भेटिएको छ । वडा नम्बर ६ र वडा नम्बर ३ को सीमानामा पर्ने शिव मन्दिरको अगाडी सडकको छेउमा मृतकको पर्स भेटिएको हो ।

पर्स देखेपछि स्थानीय कृष्णप्रसाद रिमालले खोलेर हेर्दा मृतक राकेशभक्त पौडेलको फोटो देखेपछि स्थानीय गाउँले र प्रहरीलाई खबर गरिएको उनले बताए । शिव मन्दिरको अगाडि रहेको रिमालको पसल अगाडी उक्त पर्स शुक्रबार बिहान फेला परेको हो । पसल अगाडीको घाँस हँसियाले काटेर सफा गर्ने क्रममा सो पर्स फेला पारेको रिमालले बताए ।

प्रहरीले पर्स भेटिएको ठाउँ सिल गरी पर्सको मुचुल्का उठाएको छ । पर्समा कागज पत्र भेटिएको थियो । गएको वैशाख २९ गते मध्ये रातमा स्थानीय चित्रबहादुर केसीको घरमा ३८ वर्षीय राकेशभक्त पौडेलको हत्या भएको थियो ।

पौडेलको टाउकोको पछाडिको भागमा धारिलो हतियारको प्रहारबाट गहिरो घाउ लागेको थियो । हात र शरीरको अन्य भागमा पनि चोट पटक लागेको मृतकका जेठा दाजु केदारभक्त पौडेलले बताए । हत्या गरिएको दिन स्थानीय चुनाव भएकाले चुनावी आचारसंहिता लागू गरिएको थियो । चुनावको अघिल्लो रात २९ गते चित्रबहादुरको घरमा जमघट र भोजभतेर भइरहेको थियो । भोजभतेर कै क्रममा पौडेलको हत्या भएको मृतकका जेठा दाजु पौडेलले बताए ।

चित्रबहादुरले माओवादीको तर्फबाट वडा ६ को सदस्य पदको लागि उम्मेदवारी दिएका थिए । तर, उनी चुनावमा पराजित भए । उनलाई नै जिताउन मृतक पौडेलसहित अन्य ११ जना त्यस भोजभतेरमा सहभागी थिए । प्रहरीले घटनाको ९औं दिनमा सुरुमा एक किशोरीलाई पक्राउ गरेर अनुसन्धान थाले पछि तिनकै बयानको आधारमा थप ५ जनालाई पक्राउ गरेको थियो । त्यस पछि अन्य सात जनालाई पक्राउ गरेको हो ।

यता, आफन्तहरूले मृतक राकेशको पर्स पनि हराइरहेको भनेर प्रहरीमा निवेदन दिएका थिए । हत्या भएको २२औं दिनमा निकै नै चहलपहल रहने उक्त ठाउँमा अचानक राकेशको हराइरहेको पर्स सुरक्षित अवस्थामा फेला पर्नु सुनियोजित भएको मृतकका कान्छा दाजु राजेशभक्त पौडेलले बताए ।

त्यस्तै, मृतककी जेठी भाउजू प्रतिमा पौडेलले भने शिव मन्दिर परिसरमा रहेको चौतारामा दर्जनौं मान्छेहरू दिउँसो भरी बसिरहने गरेका छन् । शिव मन्दिर अगाडी रहेको कृष्णप्रसाद रिमालको पसलमा क्यारेमबोर्ड खेल्ने युवाहरूको पनि निकै नै भीड लागि रहने भए पनि हत्याको २१औं दिनसम्म मृतक राकेशको पर्स फेला नपरेको र हत्या भएको २२औं दिनमा सुनियोजित तवरले उक्त पर्स राखिएको अवस्थामा फेलाको उनले बताइन् ।

उता जीतपुरसिमरा उपमहानगरपालिका-६ का चित्रबहादुर खत्री, एक १६ वर्षीया किशोरी, वडा नम्बर ३ का चित्रबहादुरका भतिज खगेन्द्र थापा, उनकै ज्वाइँ सन्तोष खत्री, उद्धव अधिकारी, वडा नम्बर २ का केबी भनिने खगेन्द्र रिजाल, वडा नम्बर ६ कै युवकहरू संदिप थापा, सुजन लामा, मसिने मगर, सन्त बछार, सुदिप घिमिरे, राजु अधिकारी र अर्जुन चिमोरिया गरी १३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस