१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कामदार साउदी पठाएको रेकर्ड पाँच वर्षसम्म राख्न दूतावासको आग्रह

२६ जेष्ठ २०७९, बिहीबार ०८:०९

जेठ २६, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपालका लागि साउदी अरेबियाको राजदूतावासमा भिसा स्ट्याम्पिङका प्राविधिक समस्याबारे छलफल गरेकोे छ । 

संघका तर्फबाट साउदी आईडी नवीकरण र कम्पनी ब्ल्याकलिष्टको समस्या राखिएको पूर्व अध्यक्ष कटुवालले जानकारी दिए । जवाफमा कार्यवाहक राजदूत र कन्सुलर शाखाका कर्मचारीले नेपाली व्यवसायीहरूलाई दुःख सास्ती दिने कुनै मनसाय नभए पनि भिसा स्ट्याम्पिङका लागि जाने म्यानपावर कम्पनीहरूले कामदारको विवरण साउदी अरबले तोके अनुसारको ढाँचामा नराख्ने गरेका कारणले समस्या हुने गरेको बताएका छन् ।

पूर्व अध्यक्ष कटुवालले व्यवसायीले कामदार पठाएको कम्तिमा पाँच वर्ष उक्त कामदारको विवरण जुनसुकै बेला दूतावासमा बुझाउन सक्ने गरी चुस्त दुरुस्त राख्नुपर्ने देखिएको बताए । म्यानपावर कम्पनीहरूले भिसा स्ट्याम्पिङ गर्दा रोजगारीमा जाने कामदारको राहदानी, मेडिकल रिपोर्ट, प्रहरी रिपोर्ट पेश गर्ने गरेका हुन्छन् । 

संघका संयोजक बिमल ढकाल, सदस्यद्वय पूर्व अध्यक्ष प्रेम कटुवाल र प्रज्ञान न्यौपानेले बुधबार दूतावासका कार्यवाहक राजदूत तथा कन्सुलर सेवाका कर्मचारीसँग साउदी भिसा स्ट्याम्पिङका समस्याबारे छलफल गरेका हुन् । हाल कायम ८ सय ६० म्यानपावर कम्पनीमध्ये करिब ६ सय म्यानपावर कम्पनीसँग साउदी दूतावासको परिचयपत्र ‘साउदी आईडी’ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक