२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रोएसिया पठाईदिन्छु भनी ठगी गरेर सम्पर्कबिहीन व्यक्ति पक्राउ, ऐनमा के छ सजायको व्यवस्था ?

२०७९, २६ जेष्ठ बिहीबार १४:३५

जेठ २५, काठमाडौँ । क्रोएसिया पठाईदिने भन्दै ठगिमा संलग्न भई सम्पर्क बिहिन भएका एक जना व्यक्ति पक्राउ परेका छन् ।  बैदेशिक रोजगारको प्रलोभन एक युवासँग रकम अशुली गरेर सम्पर्क बिहिन भएको आरोपमा मोरङ जिल्ला बिराटनगर २० घर भएका उत्सव दाहाल पक्राउ परेका हुन् । 

पीडित युवाले ३६ बर्षीय दाहालबाट आफू ठगिमा परेको भन्दै वैदेशिक रोजगार बिभाग समक्ष उजुरी दिएका थिए । सोहि उजुरीको आधारमा प्रहरीले काठमाडौँ बस्दै आएका ३६ बर्षिय दाहाललाई पक्राउ गरेको जनाएको छ । ठगीमा संलग्न दाहालले पीडितसँग बैदेशिक रोजगारको लागि क्रोएसिया पठाई दिन्छु भनी दुई लाख अग्रिम अशुली गरेर सम्पर्क विहीन भएका थिए । प्रहरीले ठगीमा संलग्न दाहाललाई बिहिबार पक्राउ गरि थप कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाएको छ । दाहाललाई प्रहरीले बालाजु १६, माछापोखरीबाट पक्राउ गरेको जानकारी दिएको छ ।


ऐनमा के छ सजायको व्यवस्था ? 

वैदेशिक रोजगार ऐन २०६४ अनुसार वैदेशिक रोजगारमा पठाउने अनुमति नपाएका व्यक्ति तथा इजजात नपाएका कुनैपनि संस्थालाई वैदेशिक रोजगार ऐनको दफा ४३ बमोजम कारवाही हुन्छ । यो ऐनमा इजाजत नलिई वैदेशिक रोजगारमा पठाउने काम गरेमा वा प्रलोभन देखाई आर्थिक रकम लिएको देखिएमा कारवाही हुने उल्लेख छ । यो दफा अनुसार सजाय गर्दा पीडितबाट अशुली भएको जति रकम हो त्यो रकम सँगै जति रकम लिएको हो त्यसमा थप ५० प्रतिशत हुन आउने रकम समेत पिडितलाई फिर्ता गर्नुपर्ने नियम छ । यस्तो अवस्थामा पिडितलाई विदेश समेत पठाई सकेको भए जान-आउनको समेत खर्च ठगीमा संलग्नलाईनै भराउन लगाई तीन देखि पाँच लाखसम्म जरिवाना र तीन बर्षदेखि ७ बर्षसम्मको कैद सजाय हुने उल्लेख छ । यदी विदेश नपठाएको भए त्यसको आधा सजाय हुने ऐनमा उल्लेख छ । 

वैदेशिक रोजगार ऐनको यो व्यवस्थाले कन्सल्टेन्सी तथा कुनैपनि व्यक्तिलाई वैदेशिक रोजगारमा पठाउन अनुमति दिएको छैन । यदी पठाएको प्रमाणित भएमा कारवाही हुन्छ । यस्तो किसिमको समस्या भएमा पीडितले प्रमाण सहित वैदेशिक रोजगार बिभागमा गई उजुरी दिन सक्ने प्रावधान छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै