२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बाइकको ठक्करबाट नेता श्रेष्ठको निधन भएपछि दिक्तेलबजारमा सवारी चाप नियन्त्रण गरिँदै

२०७९, २८ जेष्ठ शनिबार ०७:३३

जेठ २८, खोटाङ | बाइकको ठक्करबाट राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको निधन भएपछि दिक्तेलबजारमा सवारी साधनको चापलाई नियन्त्रण गर्ने निर्णय गरिएको छ । गत २० जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र प्रवेश गरेको प्रदेश १–०५–००१ प ६८३७ नम्बरको बाइकले ठक्कर दिँदा गम्भीर घाइते भएका श्रेष्ठको न्युरो अस्पताल काठ्माडौंमा उपचारका क्रममा २२ जेठमा निधन भएपछि दिक्तेलबजारमा सवारी साधन प्रवेशमा केही कडाई गर्ने निर्णय गरिएको हो । 

जिल्ला विपद व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले दिक्तेलबजारमा थप सवारी दुर्घटना हुन नदिनका लागि भन्दै दैनिक बिहान ९.३० बजेदेखि बिहान  १० बजेसम्म र दिउँसो ३.३० बजेदेखि ४.३० बजेसम्म सवारी चापलाई नियन्त्रण गर्ने निर्णय गरेको हो । विशेषगरी दिक्तेलबजारमा विद्यालय जाने र फर्कने बालबालिकालाई लक्ष्यित गर्दै सवारी साधनको चाप नियन्त्रण गर्ने निर्णय गरिएको विपद व्यवस्थापन समितिले जनाएको छ । दिक्तेलबजारमा बिहान विद्यालय जाने र बेलुका विद्यालयबाट फर्कनेक्रममा बालबालिकालाई अनियन्त्रित गतिमा कुदाइने सवारी साधनले जुनसुकैबेला ठक्कर दिने खतरा बढ्दो छ । 

दिक्तेल बजारमा सवारी दुर्घटनाको त्रास पहिल्यैदेखि थियो । पछिल्लो दुर्घटनाले थप त्रास बढाएको हो । बाइकको ठक्करबाट नेता श्रेष्ठको निधन भएपछि निजी विद्यालयका अधिकांश अभिभावकले बालबच्चालाई डोर्‍याउँदै विद्यालय पुर्‍याउन र ल्याउन थालेका छन् ।

ट्राफिक प्रहरीले किरातचोकमा बसेर सवारी चेक गर्ने गरेको भए पनि बजारभित्र प्रवेश गर्ने सवारी साधनको गतिका विषयमा निगरानी गर्नुपर्ने अभिभावक एवं जसपाका नेता नविन राई बताउँछन् । 

सवारी दुर्घटना लगत्तै दिक्तेलबजारमा सवारी साधनको प्रवेशमा कडाई गरिएको यो दोश्रोपल्ट हो । १ जेठ २०६९ दिक्तेलबजारमा ट्याक्टरले किच्दा माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका छात्र अनुप राईको मृत्यु भएको भोलिपल्टै उद्योग बाणिज्य संघको आव्हानमा बसेको यातायात व्यवसायी तथा तत्कालिन दिक्तेल गाबिसको बैठकले दिक्तेलबजारमा दैनिक बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सबै खालका सवारी साधन प्रबेशमा रोक लगाउने निर्णय गरेको थियो । तर, सो निर्णय केही समय कार्यान्वयनमा आएपछि क्रमशः फितलो हुँदै गएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस