2026-08-23 12:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटेहाङले ल्यायो ५५ करोड ४३ लाखको बजेट

असार ९, खोटाङ | खोटाङको खोटेहाङ गाउँपालिकाले साढे ५५ करोड बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । बुधबार सम्पन्न ११ औं गाउँसभामार्फत खोटेहाङले आर्थिक वर्ष २०७९/०८० का लागि ५५ करोड ४३ लाख ९३ हजार १२० रुपैयाँ बराबरको बजेट पारित गरेको छ । 

कुल बजेटमध्ये सशर्त अनुदान, समपुरक अनुदान र बिशेष अनुदान बाहेकको २१ करोड ७० लाख ८० हजार १२० रुपैयाँमध्येबाट नेपाल सरकार राजस्व बाँडफाँडको ९ करोड २७ लाख २३ हजार प्रशासनिक चालुतर्फ छुट्याउँदा बाँकी रहेको १२ करोड ४३ लाख ६५ हजार १२० रुपैयाँको परिधिमा रहेर बजेट तथा कार्यक्रम बनाइएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए । 

प्रशासनिक चालुतर्फको बजेट छुट्याएर बाँकी रहेको रकमको ५० प्रतिशत रकमलाई शतप्रतिशत मानेर त्यसको ५० प्रतिशत रकम बराबरको ६ करोड २१ लाख ८२ हजार ५६० रुपैयाँ  वडालाई विनियोजन गरिएको छ । गाउँपालिकाका ९ वडालाई ४५ प्रतिशत भुगोलको आधारमा, ४५ प्रतिशत जनसंख्याको आधारमा र १० प्रतिशत राजस्व क्षमताको आधारमा बजेट दिइएको छ । 

गाउँसभाले रसुवा–पान्धारे सडक सञ्चालनका लागि १ करोड १० लाख, अध्यक्ष÷उपाध्यक्ष रोजगार-विकास योजना अन्तर्गत ६० लाख, आर्थिक विकासका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै कृषि विकास तथा पशु सेवा योजना शिर्षकमा ५० लाख, गाउँपालिका प्रहरी सेवा सुरुवातका लागि वजेट विनियोजन गरिएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले वार्षिक नीति तथा कार्यक्रम, उपाध्यक्ष रुपेश राईले आर्थिक वर्ष २०७८/७९ को प्रगती विवरण तथा आर्थिक वर्ष २०७९/८० को वजेट तथा कार्यक्रम र विनियोजन विधेयक, वडाध्यक्ष धनबहादुर महाराजी खड्काले आर्थिक विधेयक प्रस्तुत गरेका थिए । 

 गाउँपालिकामा नेपाल सरकारबाट १० करोड ८० लाख वित्तीय समानिकरण अनुदान, ९ करोड २७ लाख २३ हजार राजस्व बाँडफाँड, २८ करोड १ लाख सशर्त अनुदान, १ करोड ७० लाख समपुरक अनुदान र २ करोड विशेष अनुदान गरी ५२ करोड २८ लाख २३ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै, प्रदेश सरकारबाट ५७ लाख ५५ हजार वित्तीय समानीकरण, ५१ लाख १० हजार १२० सवारी कर बाँडफाँड, ५२ लाख ५ हजार सशर्त अनुदान र १ करोड समपुरक अनुदान गरी २ करोड ६० लाख ७० हजार १२० रुपैयाँ प्राप्न हुने अनुमान छ । गाउँपालिकाको कुल आन्तरिक राजस्व अनुमान ५५ लाख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो