२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारीका लागि साउदी जाँदै हुनुहुन्छ ? यी कुरा बुझेर मात्र जानुहोस्

२०७९, १० असार शुक्रबार ०७:०७

असार १०, काठमाडौं | तपाईँ वैदेशिक रोजगारीको लागि साउदी जाने सोच्दै हुनुहुन्छ ? यदि त्यसो हो भने साउदी जानुअघि विभिन्न कुरामा ध्यान दिनुहोस् र त्यहाँको नीति नियमको बारेमा राम्रोसँग बुझेर मात्र जानुहोस् । 

लाखौँ रुपैयाँ खर्च गरेर साउदी पुगेका श्रमिकहरू पछिल्लो समय समस्यामा पर्ने क्रम एकदमै बढेको छ । म्यानपावर र एजेण्टले भने अनुसारको काम र तलब नपाएको, लाखौँ रकम तिरेर आएको तर आउनासाथ आफूले दुःख पाएको भन्नेजस्ता गुनासाहरू दिनहुँ बढेको साउदीमा रहेको दूतावासले जनाएको छ । 

के तपाईँ रोजगारीको लागि साउदी जाँदै हुनुहुन्छ ? जानुअघि यि कुरामा ध्यान  दिनुहोस् « Globe Nepal

दूतावासका अनुसार समस्यामा पर्नेहरू आफ्नै चिनजानकै मानिसबाट साउदी पुगेको पाइएको छ । तर सरकारले वैदेशिक रोजगारीमा श्रमिक पठाउन एजेण्टहरुको भूमिकालाई गैर कानुनी मानेको छ ।

त्यसैले सबैभन्दा पहिला त वैदेशिक रोजगारीमा जान एजेण्टको पछि नलाग्नुहोस् । साउदीमा कुन कम्पनीबाट आफ्नो लागि उपयुक्त कामको माग छ भन्ने कुरा राम्रोसँग बुझेर मात्र थप प्रक्रिया अघि बढाउनुहोस् । 

साउदी पुगेपछि

साउदी अरब पुगिसकेपछि काम मन नपरेका कारण, घरायसी तथा पारिवारिक समस्या वा काम गर्न कठिन भएको लगायत कुनै पनि कारण देखाएर आफूले चाहेको बेलामा स्वदेश फर्कन सहज हुँदैन । 

एक जना श्रमिकलाई साउदी लैजान रोजगारदाताले ठुलो रकम खर्च गरेको हुन्छ । त्यस कारण रोजगारदाताले करार सम्झौता नसकी श्रमिकलाई स्वदेश फर्कन दिँदैनन् । तसर्थ, साउदी अरब पुगेपछि तुरुन्त स्वदेश फर्कन सम्भव छैन भन्ने कुरा बुझेर मात्र साउदी आउन त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । 

साउदीमा गएर काम गर्दा पाउने तलबको बारेमा पहिला नै म्यानपावरसँग राम्रोसँग बुझेर मात्र जानुपर्छ । नेपाल सरकारले तोकेको भन्दा कम तलब हुने गरी कुनै पनि सम्झौता नगर्नुहोस् । नेपाल सरकारले साउदी जाने श्रमिकको विभिन्न पद अनुसारको पारिश्रमिक तोकेको छ । जस अनुसार अदक्ष कामदारका लागि न्यूनतम मासिक साउदीको १ हजार रियाल र खानाको सुविधा बापत ३ सय रियाल हुनु पर्ने छ । 

यस्तै ओभर टाइम वा अन्य सुविधा बढी हुन्छ भन्ने गलत आश्वासन र भनाइमा विश्वास नगर्न पनि दूतावासले भनेको छ । ओभर टाइम वा अन्य सुविधा सम्बन्धी यथार्थता कम्पनीमा काम गर्ने पुराना श्रमिक साथीभाइबाट पनि बुझ्न सकिन्छ । तर म्यानपावरले सम्झौतामा उल्लेख भएभन्दा बढी तलब सुविधा हुन्छ भन्ने मौखिक कुरामा विश्वास गर्न हुँदैन । अर्थात् सम्झौता एउटा गरिएको छ र दिमागमा अर्कै कुरा बोकेर साउदी नजानुहोस् । 

घरेलु तथा सामाजिक समस्या, लागु औषध सेवनको समस्या भएका तथा डिप्रेसन आदी समस्या भई नेपालका सुधार गृहमा राखी सुधार ल्याउनु पर्ने अवस्थाका व्यक्तिहरूलाई साउदी नआउन त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । यस्ता मानिस त्यहाँ गएर सुधार हुनुभन्दा पनि झन् ठुलो समस्यामा फस्ने गरेको पाइएको भन्दै यस्तो विषयमा गम्भीर भएर सोच्न दूतावासले सचेत गराएको छ । 

साउदीको हावा पानी

साउदी अरबमा हावा पानी सुख्खा र अत्यधिक गर्मी हुने खालको छ । जसका कारण खुला ठाउँमा काम गर्नु पर्ने प्रकृतिका कामहरू जस्तै कृषि फर्म(मजरा) तथा निर्माणको क्षेत्रमा आउने श्रमिकले सोचेर मात्र निर्णय लिनुहोस् । 

दूतावासका अनुसार यस्ता काममा बिचौलिया र केही म्यानपावरले गलत जानकारी दिई पठाउने गरेको पाइएको छ । त्यसैले सम्झौता पत्र राम्ररी पढेर मात्र सहीछाप लगाउनु पर्छ । 

सम्झौतामा जे भए पनि काम भने बिचौलिया वा म्यानपावरले भने अनुसार हुन्छ भन्ने नसोच्नुहोस् । सम्झौतामा लेबर, फ्याक्टर, अनस्किल्ड वर्कर जे लेखेको भएता पनि यसले अदक्ष कामदारले गर्ने काम भनेर बुझिन्छ । यस अन्तर्गत साउदी पुगेपछि यो वा त्यो मात्र काम गर्ने वा एजेण्ट र म्यानपावरले मुखले भनेका अन्य सुविधायुक्त काम मात्र गर्ने भनेर सुख पाइँदैन । दूतावासका अनुसार रोजगारदाता कम्पनीले अदक्ष श्रमिकलाई जुनसुकै काम पनि लगाउन सक्नेछ । 

पछिल्लो समय सप्लाई कम्पनीमा भनेको भए आउने थिइनँ भन्ने श्रमिक बढी देखिएको भन्दै दूतावासले आफू कस्तो कम्पनीमा काम गर्न जाँदै छु भनेर प्रस्ट हुन अनुरोध गरेको छ । कागजातमा उल्लेख कम्पनीको बारेमा वेबसाइट एवं अन्य स्रोतबाट समेत बुझ्न सकिन्छ ।

रिक्रुटमेन्ट कम्पनी, ह्युमन रिसोर्स कम्पनी वा म्यानपावर सोलुसन जस्ता नाम जोडिएका कम्पनीहरू सप्लाई कम्पनी हुन सक्ने भन्दै दूतावासले यस्ता सप्लाई कम्पनी पनि विभिन्न तहको हुने भन्दै सचेत रहन भनेको छ । 

सप्लाई तथा कन्ट्राक्टिङ कम्पनीमा जाने श्रमिकहरू कम्पनीको कन्ट्राक्ट सकिए वा भङ्ग भए वा ग्राहक कम्पनीबाट सप्लाई तथा कन्ट्राक्टिङ कम्पनीलाई समयमा भुक्तानी नभएको अवस्थामा श्रमिकले तलब नपाउने स्थिति हुन्छ ।

त्यसैले यस्ता विषयमा बैलेमा सोचेर, बुझेर, पहिला त्यो कम्पनीमा काम गर्नेहरूसँग सोधपुछ गरेर मात्र साउदी आउने निर्णय गर्न दूतावासले सचेत गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित