प्रेम सुनार/भदौ २२, गुल्मी ।  गुल्मी दर्लामचौर गाविसको नयाँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/भदौ २२, गुल्मी ।  गुल्मी दर्लामचौर गाविसको नयाँ"/>

2026-06-17 03:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नयाँ पोखरामा भव्य तिज गीत प्रतियोगिता सम्पन्न

2016-09-07


प्रेम सुनार/भदौ २२, गुल्मी ।  गुल्मी दर्लामचौर गाविसको नयाँपोखरामा आज भव्य खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । 

दोहली ३ को जनजागृति युवा क्लवको आयोजनामा राखिएको प्रतियोगिमा ७ वटा टिमलाई पछाडी पार्दै देविस्थान ऋण तथा बचत समुह हस्तीचौर १ मल्दी प्रथम भएको छ । 

त्यस्तै  कालिका निमावि दोहली ३ ढाँडाको समुह दृतिय र बुद्ध ज्याति युवा क्लव दोहली २ कल्यारको समुह तृतिय भएको छ भने तमु समाज दोहली छेडा बजारको समुहले सन्तावान पुरस्कारमैं चित्त बुझाउनु परेको छ तर उत्कष्ट नृत्य पस्केर कार्यक्रममा आकर्षणकी पात्र बनेकी थिईन् कालिका निमावि हस्तीचौर –१ ढाँडाकी ८ वर्षिया वालिका अनिषा थापा ।

उनले यस वर्षको तीजमा जुन गाविसमा आयोजना  गरिएको प्रतियोगितामा पनि उत्कृष्ट पुरस्कार प्राप्त गरेर सवैलाई चकित पारकी छिन् । हरेक कार्यक्रममा विद्यालय र क्याम्पस तहका चर्चित  नृत्याङक विद्यार्थी कहलाएका युवतीहरुलाई समेत पछाडी पारेर उनि आकर्षणको केन्द्र बन्दै आएका छिन् ।

गत वर्ष देखि विद्यालयमै नृत्य सिक्दै आएकी उनी भविश्यमा मोडलिङ्ग क्षेत्रमा चम्कीन चाहन्छीन् । उनलाई नृत्य सिकाउने शिक्षिका शर्मिला खत्रीले यति सानी ८ वर्षिया वालिकाले जुन ठाउको प्रतियोगिामा पनि उत्कृष्ट बनेर विद्यालयको शिर उचो पारेकोमा आफुहरु गर्वित भएको बताईन् ।

प्रथम पुरस्कार ७ हजार धनराशी  शौजन्य गरेका थिए स्वर्गिय देविराम जि.सी र माता पुतली जिसीको सम्झानामा हाल मलेशियामा रहेका उनका छोरा दोहली ३ ढाँडाका ओमबहादुर जिसीले । दृतिय पुरस्कार ५ हजार ढाँडाकै सरम जिसीले छोरा सुरज जिसी मार्फत ।

त्यस्तै तृतिय पुरस्कार ३ हजार हाल गरिवी निवारणमा कार्यरत दोहली ४ कुखरीका च्याना निवासी कल्पना जिसीले । सान्तवान पुरस्कार २ हजार दोहली ३ डिलबहादुर जिसीले शौजन्य गरेका थिए मलेशियामा कार्यरत  ढाँडाकै यमबहादुर जिसीले । विशेष शौजन्य गरेका छन् सफल क्रियशनका प्रवन्ध निर्देशक नेत्र अर्याल र विनय खत्रीले । कार्यक्रम स्थलमा पनि सहयोग गर्नेहरुको राम्रै लहर थियो ।

कार्यक्रमको प्रमुख अतिथ्यता नेकपा एमालेका जिल्ला  सचिवालय सदस्य एवं यस भेगका समाज सेवी लक्ष्मण विष्टले गरेका थिए ।  कार्यक्रममा प्रेश सेन्टर नेपालका केन्द्रिय सदस्य प्रेम सुनार, जिल्ला स्थानिय निकायका सदस्य चुरा विष्ट, क्षेत्रिय सदस्य मानबहादुर बस्नेत दर्लामचौर गाविसका  निर्वतमान  उपाध्यक्ष महेन्द्र अधिकारी, एमाले दोहली गाउँ कमिटी अध्यक्ष विष्णु सुनारको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै नेकपा एमाले दोहली गाउँ कमिटीका सचिव, प्रताव सुनार, सुन्तला देखि निमावि नयाँपोखरा व्यवस्थापन समिति अध्यक्ष नन्दराम अर्याल, कार्यवाहक प्रधानध्यापक डम्वर विष्ट , ईस्मारजस्थल प्रहरी चौकीका प्रहरीह हवल्दार खिमबहादुर बिश्वकर्माको विशेष अतिथ्यता रहेको थियो ।


 तिज गीतका अलवा स्थानि कलाकारहरुको प्रस्तुतीले भरपुर मनोरञ्न प्रदान गरेका थिए । जनजागृति युवा क्लव दोहली ३ ढाँडाका अध्यक्ष अर्जुन जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विजय खत्रीले गरेका थिए भने सचिव नविन जिसीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ