2026-09-24 08:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा एक्जिट भिसा मिलाई दिन्छु भनी तपाईँसँग कसैले पैसा मागेको त छैन ?

असार १०, काठमाडौं | तपाईँ साउदी अरबमा हुनुहुन्छ र कसैले एक्जिट भिसा मिलाइदिन्छु वा सेटिङ गरेर नेपाल पठाइदिन्छु भन्दै पैसा मागेको त छैन ? 

यदि यसरी पैसा मागेको भए नदिनु होला । दिनुभयो भने बुझ्नुहोस्– तपाई ठगिनुभयो । 

एक्जिट भिसा मिलाईदिने वहानमा धेरै नेपाली ठगिएपछि साउदी अरबको रियादस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी यस्ता व्यत्तिलाई पैसा नबुझाउन अनुरोध गरेको छ । 

‘एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुनेछ । यस बापत एक हलाला पनि कहीं कतै बुझाउनु पर्दैन । यदी कुनै व्यक्तिले तपाईँलाई एक्जिट भिसा मिलाई दिन्छु, दूतावासमा मैले चिनेका मान्छे छन्, यति पैसा लाग्छ भन्छ वा भनेको छ भने त्यस्ता व्यक्तिको पछि कदापि नलाग्नु होला,’ दूतावासले विज्ञप्तिमा भनेको छ । 

यसैगरी कुनै दलालले सेटिङ गरेर नेपाल पठाइदिन्छु, साउदी जवातलको मान्छे र पुलिसलाई चिनेको छु भन्यो भने पनि यस्ता व्यक्तिको पछि नलाग्न दूतावासले अनुरोध गरेको छ । यस्ता व्यक्तिको पछि लागेमा ठगिने दूतावासले जनाएको छ । 

‘यदि कोही कसैले यस्तो कुरा गर्दैछ भने त्यस्तो व्यक्तिको बारेमा साउदी प्रहरीमा– ९११ नम्बरमा तुरून्तै खबर गर्नुहोला,’ दूतावासले भनेको छ । 

साउदीमा रहेको नेपाली दूतावास र महावाणिज्य दूतावासले समस्यामा परेका नेपालीको लागि आवश्यक पर्ने एक्जिट भिसा झिकाउने काम गर्ने विज्ञप्तिमा उल्लेख छ । यसको लागि कुनै शुल्क नलाग्ने पनि दूतावासले स्पष्ट पारेको छ । 

‘एक्जिट भिसा प्रोसेसिङ पूर्ण निःशुल्क हो । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ । 

जुन ठाउँबाट आफ्नो इकाममा बनेको छ त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयमा मात्र एक्जिट भिसाको लागि प्रोसेसिङ गर्नुपर्ने व्यवस्था साउदी सरकारले गरेको दूतावासले जनाएको छ । 

‘तसर्थ, एक्जिट भिसा प्रोसेसिङको लागि दूतावासमा आउनुभन्दा पहिले आफ्नो इकामा कहाँबाट बनेको हो अनिवार्य रूपमा यकिन गर्नुहुन अनुरोध छ,’ विज्ञिप्तिमा भनिएको छ । 

कुनै कारणले साउदीमा अवैध रुपमा बसोबास गरेका आप्रवासी कामदार स्वदेश फर्कनु परे एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैन । यस्तो एक्जिट भिसा सम्बन्धीत देशको दूतावासको अनुरोधमा साउदी सरकारले उपलब्ध गराउने गर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम