७ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सिराहा - SRH

पब्जीमा जस्तै गरी आफ्नै साथीलाई गाेली हान्दा…

१२ असार २०७९, आईतवार १२:४१

असार १२, सिरहा | सिरहाको लहानमा गोली लागेर एक युवक घाइते भएका छन् । आफ्नै साथीले चलाएको पेस्ताेलबाट निस्केकाे गोली पेटमा लाग्दा लाहान नपा-२२ बेलहीका करिब १८ वर्षीय दिलिप मुखिया घाइते भएका हुन् । 

मुखियाको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि धरान पठाएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।

उनीहरू स्थानीय नवीन चौधरीको घरको माथिल्लो तल्लामा बसेर मोबाइलमा पब्जी गोम खेलिरहेका थिए । यही बेला १९ वर्षीय सुरज मुखियासँग भएको पेस्तोल लिएर १५ वर्षीय शुशान्त चौधरीले ख्यालठट्टामा गोली  चलाउदा मुखियाको पेटमा लागेको प्रहरीले जनाएको छ। 

पब्जी खेलिरहेका उनीहरू पब्जीमा जस्तै गोली चलाउँदा कस्तो हुन्छ भन्दै गोली चलाउँदा मुखियाको पेटमा  लागेको बताइएको छ।  यता, प्रहरीले  दुई थान पेस्तोल र १२ थान गोलीसहित दुईनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी  कुमार मैनालीले बताए । 

प्रहरीले शुशान्त चैाधरीको घरछेउको बाँसघारीबाट कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने गोली पाँच थान, ७.६५ लेखिएको गोली चार थान बरामद गरेको छ । उनीहरू लागुऔषध सेवनकर्ता समेत रहेको खुलेकाे छ ।

उनीहरूले पेस्तोल र गोली कहाँबाट ल्याएको अझै खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रबि लामिछाने बिरुद्ध आज मुद्धा दर्ता गरिदैँ, रबिलाई जिल्ला अदालत लगियो यू-१९ एसिया कप : बंगलादेशलाई ४१ रनले हराउँदै भारतले जित्यो उपाधि एनपीएलमा सबैभन्दा बढी रनको बनाउने ब्याटर बने जनकपुरका मिलन्था ! सुदूरपश्चिमलाई ५ विकेटले हराउदै जनकपुरले जित्यो एनपीएलको उपाधि जनकपुरलाई चौथो झट्का, निसम आउट सुदूरपश्चिमविरुद्ध जनकपुरले तेस्रो विकेट गुमायो, मिलन्था ८७ रन बनाएर आउट चालु आर्थिक वर्षको ५ महिनामा नेपालबाट भारततर्फ १३ अर्बको विद्युत् निर्यात जनकपुरका लागि मिलन्थाले खेले अर्धशतक पारी सुदूरपश्चिमविरुद्ध जनकपुरले पहिलो विकेट गुमायो बारामा कारभित्र एक जना पुरुष मृत अवस्थामा फेला एनपीएलको फाइनल हेर्न माओवादी अध्यक्ष प्रचण्ड कीर्तिपुरमा एनपीएलको फाइनलमा सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य निरोगी नेपाल बनाउन ध्यान र योग नियमित गर्नुपर्छ : प्रधानमन्त्री ओली जनकपुरका निशमले लिए सुदूरपश्चिमको चौथो विकेट सुदूरपश्चिम रोयल्सलाई लगातार दोस्रो झट्का, भण्डारी आउट सुदूरपश्चिम रोयल्सलाई पहिलो झट्का, जेब ६९ रन बनाएर आउट जनकपुरविरुद्ध सुदूरपश्चिमका लागि जेबले बनाए अर्धशतक चन्द्रागिरी–चित्लाङ सडक अवलोकनमा मन्त्री सिंह, छिटो काम सक्न दिए निर्देशन पावलरप्लेको अन्त्यमा सुदूरपश्चिमले जनकपुरविरुद्ध ४८ रन बनायो चालु आर्थिक वर्षको पाँच महिनामा १२ वटा गैँडा मृतावस्थामा भेटिए