2026-09-04 03:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पछिल्लो दुई महिनामै मलेसियाको लागि ७० हजार बढी कामदारको मागपत्र प्रमाणीकरण (भिडियो सहित)

असार १३, क्वालालम्पुर । पछिल्लो दुई महिना यता मलेसिया स्थित नेपाली राजदुतावासले ७० हजार बढी कामदार मलेसिया ल्याउन मागपत्र प्रमाणीकरण गरेको जनाएको छ । 

सोमबार मलेसियाका लागी नेपाली कार्यबाहक राजदुत मोति श्रिषसँग मलेसिया भ्रमणका क्रममा रहेका नेपाली पत्रकार टोलीले भेटबार्ता एवम् अन्तरक्रिया गर्ने क्रममा दुतावासले पछिल्लो दुई महिनामा १७२८ डिमाण्ड प्रमाणीकरण गरेको र त्यसरी आएको डिमाण्डमा ७० हजार भन्दा बढी नेपाली कामदारको माग भएको जनाएको छ । नेपालीहरुको श्रमको अवस्थाबारे स्थलगत रिपोर्टिङका क्रममा मलेसिया पुगेको पत्रकार टोलीले कार्यबाहक राजदुत श्रिससँग नेपाली दुतावास क्वालालम्पुरमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रिया कार्यक्रममा मलेसियामा भईरहेको समसायिक विषयमा छलफल भएको थियो।

छलफलमा कार्यबाहक राजदुत श्रिषले दुतावासको गतिविधी तथा कार्यविवरणका बारेमा जानकारी गराएका थिए । छलफलमा दुतावासमा कार्यरत सबै कर्मचारीको सहभागिता रहेको थियो । त्यसैगरी छलफलमा मलेसियामा पछिल्लो समयमा नेपाली श्रमीकहरुका समस्या बारेमा पनि छलफल भएको थियो । अन्तरक्रिया कार्यक्रममा कार्यबाहक राजदुत श्रिषले पछिल्लो सयममा मलेसियामा रहेका श्रमीकका समस्या समाधान गर्न दुतावास अग्रसर रहेको बताए । 

कार्यक्रममा दुतावासका लेवर काउन्सिलर दिपक ढकाल, श्रम सहचारी प्रकास पन्थी, दित्तिय सचिव प्रेम बहादुर थापा, यसु बस्नेत लगाएतका पदाधिकारीको सहभागिता रहेको थियो । कार्यक्रममा श्रमिक समस्या बारे दिपक ढकालले जानकारी गराएका थिए भने मलेसियामा रहेका विभिन्न जेलमा रहेका नेपालीहरुको बारेमा यसु बस्नेतले जानकारी गराएकी थिइन् । 

दुतावासको तथ्यांक अनुसार अहिले मलेसियामा २ लाख भन्दा बढी श्रमीक कार्यरत रहेका छन् । मलेसियामा पछिल्लो समयमा भइरहेको श्रमीक समस्याको बारेमा स्थलगत रिपोर्टिंगका लागी जनसवाल राष्ट्रिय दैनिकका संपादक रामजी बगाले, साझा सबाल डटकमका प्रधान सम्पादक अनिल अधिकारी, नयाँ सडक दैनिकका संपादक तथा पत्रकार महासंघका केन्द्रिय सदस्य ज्ञानप्रसाद पौडेल, ब्रेकएण्डलिंक्स डटकमका पत्रकार डिल्ली पाण्डे, प्रदेश अनलाइन खबर डटकम र एसियन खबर डटकमका पत्रकार शेखर लामा लगायत रहेका छन् ।

सम्बन्धित भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ