२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ स्थित दुई म्यानपावरले विदेश पठाउने क्रममा कामदारसँग कुनै लागत शुल्क नलिने (भिडियो सहित)

२०७९, २२ असार बुधबार ०६:३५

असार २२, काठमाडौँ । काठमाडौँ स्थित दुई म्यानपावरले विदेश पठाउने क्रममा कामदारहरुसँग कुनै लागत शुल्क नलिने दावी गरेका छन् । मंगलबार हायात रिजेन्सी होटलमा पत्रकार सम्मेलननै गरेर म्यानपावरहरुले आफूहरुले निशुल्क कामदार पठाउने दावी गरेका हुन् ।


काठमाडौँ स्थित लाल धनुष इन्टरनेशनल सर्भिस प्रालि र आकर्षण इन्टरनेशनल प्रालिले आयोजना गरेको पत्रकार सम्मेलनको क्रममा ति दुई म्यानपावर कम्पनीहरुले मलेसिया स्थित विष्ट्रोन टेक्नोलोजीसँग पहिलो चरणमा ४५० जना स्किल्ड वर्कर निशुल्क लागतमा पठाउने गरि आपसी समझदारी पत्रमा समेत हस्ताक्षर गरेका छन् । विष्ट्रोन टेक्नोलोजी बहुराष्ट्रिय कम्पनी हो । यो कम्पनीका चीन, मलेसिया, सिंगापुर, ताइवान, मेक्सिको, चेक गणतन्त्र, फिलिपिन्स र भारतमा पनि शाखाहरु रहेका छन् । यी बिभिन्न देशमा ८० हजार कामदारहरुले काम गर्दै आएका छन् । 


नेपाली कामदार लैजाने सम्झौता पत्रमा मलेसिया स्थित कम्पनीका जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका अध्यक्ष विष्णु बहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार पहिलो चरणमा ३१५ महिला र १३५ पुरुष कामदार लैजाने सहमति भएको छ । उक्त सहमति अनुसार बिहिबार र शुक्रबार म्यानपावरमै अन्तर्वार्ता समेत हुने जानकारी दिईएको छ । विदेश जाने कामदारहरुको जानकारीको लागि दुवै म्यानपावरहरुले यस अघिनै बिज्ञापन सार्वजनिक गरिसकेका छन् । 

सम्झौता अनुसार छनौट भएका नेपाली कामदारहरुको सम्पूर्ण लागत खर्च कम्पनीलेनै व्यहोर्ने र मलेसियाकै कामदार सरह तलब तथा सेवासुविधा दिने कम्पनीका डेपुटी जनरल म्यानेजर डेभिडले पत्रकार सम्मेलनको क्रममा जानकारी दिए । म्यानेजर डेभिडले आफ्नो कम्पनीमा कसैलाई भेदभाव नहुने बताए । 

साथै कम्पनीले नेपाली कामदारलाई सरकारले तोकेको न्युनतम तलबकै आधारमा बेसिक तलब १५ सय, मासिक एक सयदेखि ५ सयसम्म बोनस, ओभरटाइम काम गरे बापत कम्तिमा ७३१ रिंगेट र खानाको लागि ५० देखि १०० रिंगेटसम्म दिने जनाएको छ । कम्पनिका जनरल म्यानेजर डेभिडका अनुसार यो रोजगारमा जानेहरुले कम्तिमा २४२१ रिंगेट देखि ३२२३ रिंगेट कमाइ गर्नेछन् । 


पत्रकार सम्मेलनमा बोल्दै कम्पनीका म्यानेजर डेभिडले आफ्नो कम्पनीमा कम गर्ने कामदारहरुले पैसा मात्र कमाउने नभई भविष्यमा सिप सिकेर नेपालकै लागि पनि योगदान दिन सक्ने बताए । उनले नेपालीहरुको अंग्रेजी भाषा बोल्ने क्षमता राम्रो भएको र मलेसियाको भाषा समेत अरुको तुलनामा छिटो सिक्ने क्षमता भएको कारण आफ्नो रोजाईमा नेपालीहरु परेको बताए । 

त्यस्तै कार्यक्रममा आकर्षण इन्टरनेशनल र लाल धनुष इन्टरनेशनलका संचालकहरुले आफूहरुले वैदेशिक रोजगार क्षेत्रमा न्यायोचित भर्ना प्रक्रियाको सुरुवात गरेको बताए । उनीहरुले आफ्नो म्यानपावरमा बिचौलियालाई प्रवेशमा रोक लगाएको बताएका छन् । कार्यक्रममा बोल्दै आकर्षण इन्टरनेशनलका अध्यक्ष विष्णु बहादुर केसीले ठूलो संख्यामा कामदारहरु अन्तर्वार्ताको लागि म्यानपावरमा आउने गरेकोले व्यवस्थापनमा चुनौती भएको जनाएका छन् । 

त्यस्तै श्रम प्रशासन विज्ञसमेत रहेका पूर्वसचिव पूर्णचन्द्र भट्टराईले विस्ट्रोनको अभ्यासले शून्य लागत कार्यान्वयन गर्न ठूलो सहयोग मिल्ने बताए । विस्ट्रोनले नेपालमै आएर म्यानपावरसँग सम्झौता गर्नुले शून्य लागतको नीतिलाई कार्यान्वयन गर्न ठूलो मनोबल पुग्ने भट्टराईको भनाई छ । 

डिमाण्ड हेर्नुहोस् CLICK HERE

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै