३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुधकोसी जलविद्युत आयोजनाको पावरहाउस पुग्ने सडक निर्माणका लागि समझदारी

२४ असार २०७९, शुक्रबार १३:०२

असार २४, खोटाङ | ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको पावरहाउसस्थल पुग्ने सडक निर्माणका लागि समझदारी कायम गरिएको छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामिडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने जलविद्युत आयोजनाको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा रहने पावरहाउस पुग्ने सडक निर्माणका लागि समझदारी कायम गरिएको हो । 

नेपाल विद्युत् प्राधिकरण, दुधकोशी जलाशययुक्त आयोजना र हलेसी तुवाचुङ नगरपालिकाबिचमा बिहीबार धितुङको रातेखोलादेखि बैखुखोलासम्मको साँढे ३ किलोमिटर कन्स्ट्रक्सन एक्सेस रोडको ट्र्याक खोल्नका लागि समझदारी–पत्रमा हस्ताक्षर भएको छ । एक करोड बराबरको बजेटमा उपभोक्ता समितिमार्फत जलविद्युत आयोजनाको पावरहाउस स्थल पुग्ने सडक निर्माण गरिने र उपभोक्ता समितिले १० प्रतिशत लगानी गर्ने समझदारी भएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले बताइन् । निर्माणस्थलसम्म पुग्न र फर्कनका लागि करिब ९ महिनामा एक्सेस रोड बनाउने समझदारी–पत्रमा उल्लेख छ । 

लामिडाँडाको रँभुवाबजारमा २०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ नेपाल सरकारले आयोजनाको काम अघि बढाएको हो । हाल बहुचर्चित दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाले ओगट्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको छ । आयोजनाको निर्माणका क्रममा खोटाङको १३ हजार रोपनी, ओखलढुंगाको ९ हजार रोपनी र सोलुखुम्बुको ५ सय रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको हो । 

भ्याटसहित करिब २.२ बिलियन यूएसडलरमा सम्पन्न हुने अनुमान गरिएको आयोजनाको जलाशयबाट जलपर्यटनको उत्तिकै सम्भावना रहेको औँल्याइएको छ । सन् १९८५ सालमा जाइकाले नेपालको ६ वटा जलाशययुक्त आयोजनामध्ये आकर्षक आयोजनाकारुपमा पहिचान गरेको तथा २०१३ सालमा जाईकाले नै दोस्रो पटक अध्ययन गर्दा १० वटा जलाशययुक्त आयोजनामध्ये एक नम्बरमा छानेको आयोजनाबाट वार्षिक तीन अर्ब ४४ करोड ३० युनिट ऊर्जा उत्पादन हुने प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड