२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया जान शुन्य लागत भन्दै चर्को अशुल्ने कार्य बन्द नभएमा झनै समस्या आउन सक्छ – राजदुत

२६ असार २०७९, आईतवार ०४:३९

असार २६, काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाले मलेसिया रोजगारी संभावना र चुनौती लगाएत मलेसियामा भइरहेका विविध समस्या तथा समसामायीक विषयमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।

एनआरएनए एनसिसि मलेसियाको कार्यालय, कोतरायमा भएको कार्यक्रममा मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत मोतिबहादुर श्रीष,एनआरएनए आईसिसिका सचिव खगेन्द्र न्यौपाने ,एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा, दूतावासका अधिकारी, मलेसियामा रहेका विभिन्न संघ संस्थाका पदाधिकारी, नेपालबाट आएका पत्रकार तथा मलेसियामा रहेका विविध संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियाे।


उक्त छलफलमा नेपाली राजदूतावास मलेसियाका कार्यबाहक राजदुत मोती बहादुर श्रिषले दुतावासको गतिविधी तथा कार्यविवरणका बारेमा समेत जानकारी गराएका थिए । 

अन्तरक्रिया कार्यक्रममा कार्यबाहक राजदुत श्रिषले पछिल्लो सयममा मलेसियामा रहेका श्रमीकका समस्या समाधान गर्न दुतावास अग्रसर रहेको बताए । कार्यक्रममा कार्यबाहक राजदुत श्रिषले कोरोनाकाल पछि मात्र विविध डिमाण्डमार्फत ८० हजार भन्दा धेरै नेपाली कामदारको मागपत्र निस्केको बताए ।

कार्यक्रममा कार्यबाहक राजदूत  श्रीषले मलेसिया सरकार र नेपाल सरकारबीच फ्रि भिषा फ्रि टिकटमा कामदार ल्याउने सहमति भएको भन्दै मलेसिया आउने कामदारलाई रकम नतिर्न समेत आग्रह गरे। राेजगारीमा आउँदा आत्तिएर बढी रकम नतिर्न समेत उनले आग्रह गरे ।

त्यसैगरी उनले मेनपावर कम्पनीहरु बिचको अस्वस्थ प्रतिस्पर्धाका कारण कामदार मारमा परेको पनि बताए ।

'दुई देशबीच शून्य लागतमा कामदार ल्याउने सहमति भएको छ तर यहाँ मेनपावरहरुका कारण त्यो कार्यान्वन हुन सकेको छैन । राजदूतावासमा डिमाण्ड प्रमाणीकरण गर्न आउँदा जिरो कस्ट भनिन्छ बाहिर गएर कामदारको ढाड सेक्ने काम भइरहेको रहेछ, यो कार्य बन्द नभएमा भोलिका दिनमा झनै समस्या आउन सक्छ,' राजदूत श्रीषले भने।

त्यसैगरी कार्यक्रममा गैरआवासीय नेपाली संघ आईसिसिका सचिव खगेन्द्र न्यौपानेले पनि दुई सरकारबीच भएका सम्झौता कार्यन्वयनमा व्यवसायीले सहयोग गर्नु पर्ने बताए।

'सुरुवात आफैंबाट गर्नुपर्छ। जिरो कस्टमा मेनपावरलाई यहाँ ल्याउने भनिए पनि केही व्यावसायीका कारण त्यो कुरा कार्यान्वयनमा आउन सकेको छैन। हामी सबै मिलेर यसका कार्यान्वयनमा ल्याउनु पर्छ,' उनले भने। न्यौपानेले मलेसियामा रहेका सबै संघ सँस्था र दूतावासको सहकार्यमा यहाँ देखिएका समस्या समाधान गर्न सकिने बताए ।


पछिल्लो समयमा मलेसियामा नेपालीहरुका समस्या तथा समसामायीक विषयमा छलफल गर्न आवश्यक रहेको अवस्थामा नेपालवाट विभिन्न संचारमाध्यमका प्रतिनिधि आएको मौकामा  उक्त कार्यक्रमको आयोजना गरिएको एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाले बताए । थापाले कार्यक्रममा मलेसियामा कोही नेपालीलाई कुनै समस्या परेमा एनआरएनए मलेसियालाई सम्झन आग्रह गरे।

कार्यक्रममा  थापाले मलेसियामा भएका समस्या समाधानका लागि एनआरएनए मलेसिया लागिपरेको बताए। कार्यक्रममा बोल्दै थापाले भने,'मलेसियामा रोजगारका धेरै अवसर पनि छन चुनौती पनिछन्, त्यसलाई हामी सबै मिलेर अघि बढ्नुपर्छ।'

कार्यक्रम सफलतापूर्वक संपन्न भएको एनआरएनए एनसिसि मलेसियाका उपाध्यक्ष हेमराज सापकोटाले बताए। उनले मलेसियाको रोजगारी, संभावना र चुनौती विषयक अन्तरक्रियामा उल्लेख्य सहभागिता रहेकाे बताए ।


कार्यक्रममा एनआरएनए आईसिसि सदस्य नेत्र केसी,एनआरएनए मलेसियाका पुर्व अध्यक्ष विश्व राई,नेपाली जनप्रगतिशिल मंच मलेसियाका अध्यक्ष प्रेम पान्डे,परोपकारी तथा बद्दीजीवी संगठन मलेसियाका अध्यक्ष शंकर प्रसाद आचार्य,पिएनसिसि मलेसियाका प्रमुख,एनआरएनए मलेसियाका बरिस्ठ उपाध्यक्ष इन्द्र लिम्बु,उपाध्यक्ष दिल केरूंगलगाएत विविध संघ सँस्थाका पदाधिकारीले अन्तर्कृयामा मलेसियाको रोजगारीका संभावना र चुनौतिका बारेमा आ आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा नेपालबाट आएका बिभिन्न संचारमाध्यमका पत्रकारहरु जनसवाल राष्ट्रिय दैनिकका संपादक रामजी बगाले, ब्रेकलिंक्सका पत्रकार डिल्ली पान्डे, प्रदेश अनलाईनखबर र एसियन खबरका पत्रकार शेखर लामा, रोजगारमंचका पत्रकार फडिन्द्र दाहाललगाएतकाे पनि उपस्थिति रहेकाे थियाे । उनिहरुको विविध जिज्ञासाको नेपाली दुतावासका कार्यवाहक राजदुत श्रीष,एनआरएनए एनसिसि मलेसियाका अध्यक्ष थापाले प्रस्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य