२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

बालिकालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित चार जना पक्राउ

२८ असार २०७९, मंगलवार ०८:५४

असार २८, ओखलढुङ्गा | बालिकालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित पक्राउ परेका चार जना आरोपीहरु पुर्पक्षका लागि जेल चलान भएका हुन् । 

बालिका बलात्कारको आरोपमा सिद्धिचरण नगरपालिका–२ का प्रधानाध्यापक ४० वर्षीय पूर्णप्रसाद फुयाँल, सिद्धिचरण नगरपालिका–३ का ३२ वर्षीय डम्बर भुजेल, सोही वडाका ३१ वर्षीय केवल भुजेल र ७६ वर्षीय फडिन्द्रप्रसाद दाहाललाई पुर्पक्षका लागि थुनामा राख्न सोमबार ओखलढुङ्गा जिल्ला अदालतले निर्देशन दिएको हो । 

अदालतको निर्देशनअनुसार चारै जनालाई जिल्ला कारागार चलान गरिएको ओखलढुङ्गा प्रहरी प्रमुखले बताउनुभयो । आरोपीहरुले बालिकालाई फरक फरक मितिमा विभिन्न स्थानमा डर, धम्की, प्रलोभन देखाएर जबरजस्ती करणी रहेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । 

बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा आरोपी चारै जनालाई प्रहरीले पक्राउ गरेको थियो । बालिका बलात्कार घटनामा विद्यालयकै प्रधानाध्यापक सम्लग्न भएको पाइएकाले कडाभन्दा कडा कानुनअनुसार कारबाहीका लागि विभिन्न विद्यार्थी सङ्घ सङ्गठनहरुले माग गरेका छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता