भदौ २३, पर्वत  । पर्यटकीय जिल्ला भनेर चिनिदै गएको पर्वतको सदरमुकाम कुश्मा बजार अव सौर्यबत्तीले समेत झिलीमिली पारिदै छ । बजारको विभिन्न चोकमा १७ वटा सडक बत्ती जडान भएपछि रातीको समयमा सदरमुकाम झिलीमिली हुने भएको हो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २३, पर्वत  । पर्यटकीय जिल्ला भनेर चिनिदै गएको पर्वतको सदरमुकाम कुश्मा बजार अव सौर्यबत्तीले समेत झिलीमिली पारिदै छ । बजारको विभिन्न चोकमा १७ वटा सडक बत्ती जडान भएपछि रातीको समयमा सदरमुकाम झिलीमिली हुने भएको हो ।

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सौर्यबत्तीले कुश्मा बजार झिलीमिली पारिदै

२३ भाद्र २०७३, बिहीबार ०७:१६

भदौ २३, पर्वत  । पर्यटकीय जिल्ला भनेर चिनिदै गएको पर्वतको सदरमुकाम कुश्मा बजार अव सौर्यबत्तीले समेत झिलीमिली पारिदै छ । बजारको विभिन्न चोकमा १७ वटा सडक बत्ती जडान भएपछि रातीको समयमा सदरमुकाम झिलीमिली हुने भएको हो ।

बजारका चोक र गल्लीमा सोलरबत्ती जडान गर्नका लागि यहाँका स्थानीय बजारबासी सक्रिय भई लागेका छन् । बत्ती जडान भएसँगै बजार क्षेत्रको सुरक्षाको अवस्था समेत अझ बढी सुदृढ हुने स्थानीयवासीको विश्वास छ । 

सौर्यबत्तीका लागि लाग्ने कुल लागतको समेत जोहो भईसकेको छ । एक सोलार बत्ती बरावर १ लाख १ हजार खर्च लाग्ने ठेकेदार सूर्य गौतमले बताएका छन् । यो खर्चमा व्याटूी, पोल, पाता, प्यानल समेत जोडिएर आएको छ ।  सोलार बत्तीका लागि उर्जा तथा वातावरण मन्त्रालयले ६५ प्रतिशत, नगरपालिका २० प्रतिशत र स्थानीयवासीले १५ प्रतिशत लगानी गरेको बताईन्छ । 

मंगलवारसम्म बजारमा १० वटा सोलार बत्ती जडान गरिसकेको स्थानीय सामाजिक कार्यकर्ता विष्णुप्रसाद नेवारले बताए । नेवार स्थानीयवासीको तर्फबाट सोलार बत्ती जडानमा संयोजनकारी भूमिका निभाएका व्यक्ति हुन् । उनका अनुसार बत्ती जडानका लागि स्थानीयवासीहरुले आ(आफ्नो टोलमा समूह गठन पनि गरेका छन् । 

सोलार बत्ती स्वाचालित रुपले सोलार प्यानलबाट संचालन हुने र यसको व्याटूीको वारेण्टी पाँच वर्ष, बत्ती ३ वर्ष र प्यानल पाता भने २० वर्षसम्म टिकाउ हुने निर्माण कम्पनि क्वालिटी रिन्यूएवल ईनर्जी प्रालिका संचालकको दावी छ ।

वजारको शिवालय चोक, धनेश्वर चोक, मैत्री चोक, पुरानो बन्दना नजिक, फिल्म हलचोक, मिलन चोक, मेलमिलाप चोक लगायत १७ स्थानमा बत्ती जडान हुनेछ । यो बाहेकका स्थानमा पनि बत्ती जडान गरिनुपर्ने स्थानीयवासीको माग छ । जिल्ला प्रहरी कार्यालय, कुश्मा नगरपालिका कार्यालय र स्थानीयको सहयोगमा सीसी क्यामरा जडान यस अघि भईसकेको छ । सौर्य बत्ती जडानपछि सीसी क्यामरालाई रातीको समयमा तस्वीरहरु लिन समेत सजिलो हुने देखिन्छ । सोलार बत्तीको जडानपछि रातीमा हुन सक्ने अपराधिक गतिविधिमा रोकावट हुने र स्थानीयमा सुरक्षाको प्रत्याभूति साथै आवतजावतमा सजिलो हुने भएकोले सर्वसाधारण खुशी देखिन्छन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड