साउन २, तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष हिमाल श्रेष्ठले नगरपालिकाबाट लिएको सरकारी मोटरसाइकल फिर्ता गरेका छन् ।
वडा कार्यालयको कामकाजका लागि भनी व्यास नगर पालिकाबाट लिएको ग १ ब ८१६ नम्बरको मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलको रोहबरमा नगरपालिकालाई बुझाएका थिए । उनले भने, ‘मोटरसाइकल लिएमा सेवा सुविधाबाट रकम कट्ने देखियो । आफ्नो बाइक छँदैछ भनेर सरकारी बाइक फिर्ता गरिदिएँ ।’