2026-09-04 03:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम क्षेत्रका समस्या समाधान गर्दै वैदेशिक रोजगारीलाई मर्यादित बनाउनेछु : मन्त्री कुँवर

साउन २, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले नेपालको श्रम क्षेत्रका समस्या समाधान गर्दै वैदेशिक रोजगारीलाई मर्यादित बनाउने बताउनुभएको छ ।

‘वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक नहेपिउन् र वैदेशिक रोजगारी मर्यादित होस् भन्नेमा म प्रतिबद्ध छु’, विदेशमा रहेर काम गर्नु पक्कै पनि पीडादायी नै हुन्छ । यस क्षेत्रका समस्या र चुनौतीको समाधानको लागि म प्रयासरत रहनेछु ।’

यस्तै स्वदेशमै रोजगार प्रबर्द्धनमा ध्यान दिनुपर्ने पनि बताउनुभयो । नेपालमा सबैखाले कामको आकर्षण भएको तर दक्ष र सीपयुक्त जनशक्ति नहुँदा भारतीय कामदार ल्याउनुपरेको पनि उहाँको भनाइ थियो । नेपालमा काम नगर्ने तर विदेशमा जस्तोसुकै काम गर्न पनि जान तयार हुने गरेको भन्दै उहाँले आफ्नो सीप विकास गरेर देशमै स्वरोजगार बन्न आग्रह पनि गर्नुभयो ।

भारतबाट ‘प्लम्बर, इलेक्ट्रिसियन मात्र होइन उद्योगहरुमा मेकानिकसम्म आउँछन्’,हामीहरु सीप विकास गरेर उनीहरुलाई विस्थापन गरौँ न, अनि रोजगारीका अवसर नेपालमै भेटिन्छन् ।’

सरकारले खाडीका देश लगायत मलेसियामा जाने श्रमिकलाई फ्री भिसा फ्री टिकेटको व्यवस्था गरेको भए पनि त्यसको राम्रोसँग पालना नभएको भन्दै त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न आफू लाग्ने पनि उहाँले भन्नुभयो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ