१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा गम्भीर बिरामी भएका नेपालीको उद्धार गर्न कार्यदल गठन

६ श्रावण २०७९, शुक्रबार ११:४६

साउन ६, काठमाडौँ | वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा कार्यरत रहेका अवस्थामा गम्भीर घाइते वा बिरामी भई अस्पतालमा उपचाररत नेपालीको अवस्थाबारे जानकारी लिन कार्यदल गठन गरिएको छ । विदेशी अस्पतालमा ‘कोमा’ तथा गम्भीर अवस्थामा रहेका नेपाली श्रमिकको स्थिति बुझ्न, उनीहरुको उद्धारमा सहजीकरण गर्ने उद्देश्यले मन्त्रीस्तरीय निर्णयबाट तीन सदस्यीय कार्यदल गठन गरिएको श्रम मन्त्रालयले जनाएको छ । 

कार्यदलको संयोजकमा मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुख तोकिएको छ । कार्यदलको सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक ताकिएका छन् । कार्यदलले विदेशका अस्पतालमा गम्भीर अवस्थामा उपचार गराइरहेका श्रमिकको एकीकृत तथ्याङ्क तयार गर्ने, उनीहरुको उद्धार गरी स्वदेशमा फर्काउने उपायको पहिचान गर्ने, स्वदेशमा ल्याएपश्चात सरल एवं प्रभावकारी उपचारको व्यवस्थापन गर्ने विषयमा टुङ्गो लगाउने मन्त्रालयले जनाएको छ । 

अहिले पनि विभिन्न गन्तव्य मुलुकका अस्पतालमा सयौँ नेपाली गम्भीर अवस्थामा उपचाररत छन् । साउदी अरेबियामा मात्रै २५ नेपाली कोमामा छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु