2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दीपज्योति म्यानपावरबिरुद्ध उजुरी दिन बिभाग पुगेका युवा विदेश उड्न पाएनन्

साउन ८, काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित दिप ज्योति म्यानपावर सर्भिस प्रालिले एक युवालाई वैदेशिक रोजगारमा पठाउनबाट बन्चित गरेको पाइएको छ । वैदेशिक रोजगारको क्रममा कुवेतको ARABIATA SHABRAWY AL-MAKOURIEH CO. मा पठाउन श्रम स्वीकृति लिएर चर्को अशुली मागेको म्यानपावरले चर्को लागत दिन अस्वीकार गरेपछि वैदेशिक रोजगारमै पठाउनबाट बन्चित गरेको पाइएको हो । 

पीडितसँग म्यानपावरले कुवेतमा रोजगारको लागि एक लाख ६५ हजार मागेपछि पीडितले त्यत्रो रकम तिर्न नसक्ने भन्दै बैदेशिक रोजगार बिभागमा उजुरी दिन पुगेका बताए । म्यानपावरबिरुद्ध चर्को लागतको उजुरी दिन बुद्धनगर स्थित वैदेशिक रोजगार बिभाग पुगेका पीडितको उजुरी बिभागले लिएन । तर समस्या समाधानको लागि बिभागले सम्बन्धित म्यानपावरलाई फोन गरेर सचेत गराउदै वैदेशिक रोजगारको लागि सम्पूर्ण कागजात दिन निर्देशन दियो । त्यहि आधारमा म्यानपावर पुगेका युवालाई म्यानपावरले १५ दिन पछि मात्र पठाउने भनि बहाना बनायो । 

माथिको तश्वीरमा: (हवाई टिकट) गत मे ३१ को उडान टिकट । 

तर लामोसमय बित्दा म्यानपावरले आफूलाई सम्पर्कनै नगरेको पीडितले बताएका छन् । बिभागले चर्को लागत बिरुद्ध उजुरी लिएर तत्काल कारवाही नगर्दा आफू वैदेशिक रोजगारमा जानबाट बन्चित भएको गुनाशो गरेका छन् । उनले बिभागले चर्को लागत लिए बिभागमा उजुरी दिनु भन्दै आएको आफूलाई जानकारी भएपछि बिभाग पुगेको बताएका छन् । तर बिभाग पुग्दा बिभाग कर्मचारीहरुले म्यानपावरलाई जानकारी दिएको र तोकिएकै लागतमा बैदेशिक रोजगारमा पठाउन निर्देशन दिएपनि म्यानपावरले अटेर गरेको बताए । पीडितको गुनाशो छ 'जुन आशा लिएर बिभाग पुगेको थिएँ त्यहाँ त्यस्तो नहुने रहेछ । सबै मिलिमतो हुने जस्तो लाग्यो ।' 

उक्त दिन बिभागले म्यानपावर जानु भनेपछि म्यानपावर गएका ति पीडितलाई म्यानपावरले बिभिन्न बहानामा १५ दिन पछि पठाउने भनेर तोकिएको दिनको टिकटमा पठाएन । उजुरी नदिएका र म्यानपावरले मागेजति पैसा दिएका अरु युवाहरुलाई त्यहि दिन कुवेत उडें । उजुरी दिने युवालाई पछि पठाइदिने भनेर पन्छिएको दिपज्योति म्यानपावर सर्भिसले लामो समय बित्दा पनि पीडितलाई सम्पर्क गरेन । त्यसपछि पीडितले म्यानपावरमा सम्पर्क गरे । म्यानपावरलाई सम्पर्क गर्दा म्यानपावरका संचालक धर्मेन्द्र प्रसाद यादवले कम्पनी नराम्रो भएकाले नपठाएको बहाना बनाईदिए । संचालक यादवले पीडितसँग त्यहि कम्पनीमा गएका युवाहरु समस्यामा परेर फर्किएको भनि बहाना बनाए । 

पीडितले आफूलाई परेको समस्याबारे साझा सबाल मिडियालाई जानकारी गराएपछि मिडियाबाट जानकारी माग्दा म्यानपावर संचालक धर्मेन्द्र प्रसाद यादवले उही बहाना बनाए । तर प्रतिप्रश्नमा उनीसँग सोहि कम्पनीमा गएर फर्किएका भनिएका युवाहरुको विवरण र सम्पर्क नम्बर माग्दा कार्यालय पुगेर दिने बताए पनि पटक-पटक म्यानपावर संचालकले बिभिन्न बहाना बनाउदै विवरण दिन चाहेका छैनन् । पीडितले समस्याग्रस्त भनिएको कम्पनीमा जान आफूसंगै श्रमस्वीकृति लिएर कुवेत पुगेका अन्य तीन जना युवाहरुसँग उनिहरुको अवस्थाबारे बुझ्न खोज्दा उनिहरुले बोल्न नचाहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक