2026-07-28 02:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा बेथिति बढेपछि श्रम मन्त्रालयद्वारा निकाल्यो बिज्ञप्ति सहितको अपिल

साउन १२, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रचलित वैदेशिक रोजगार ऐन २०६४ बिपरित काम भईरहेकोमा सतर्कता अपनाउन ध्यानाकर्षण गर्दै बिज्ञप्ति जारी गरेको छ । जारी बिज्ञप्तिमा मन्त्रालयले ऐन बिपरित काम गर्नेहरु बिरुद्ध उजुरी दिन अपिल समेत गरेको छ । 

मन्त्रालयले केहि दिन यता श्रम स्वीकृति लिनेहरुको संख्या बढ्दै गएको जनाएको छ । बिभागले बिज्ञप्तिमा अगाडी उल्लेख गरेको छ ‘हालैका केही दिनयता नेपाली नागरिकहरुलाई प्राप्त हुने वैदेशिक रोजगारीको संख्या बढिरहेको सन्दर्भमा श्रम स्वीकृतिको लागि आवेदन गर्नेहरुको संख्यामा समेत वृद्धि हुँदै गइरहेको छ । प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ अनुरुप नेपाली नागरिकलाई विदेशबाट प्राप्त हुने रोजगारीमा मुलतः शून्य लागत (Zero Cost)को नीति अनुसरण भएको हुनुपर्नेमा सो नीतिको पूर्ण परिपालना नगरेको, तोकेभन्दा बढी सेवा शुल्क र अन्य गैरकानूनी तवरबाट रक लिइएको, अस्वाभाविक पैसा असुतेर त्यसको कुनै प्रमाण नदिएको, भिडियो बनाएर कुनै पदको शुल्क लिएको छैन भनी जबर्जस्ती भन्न लगाएको, स्वास्थ्य परीक्षण गर्दा सम्बन्धित व्यक्ति उपस्थित नभए पनि ठूलो रकम असुलेर निरोगिताको प्रमाणपत्र दिने गरेको, विदेश जानुपूर्व अनिवार्य रुपमा भागी हुनुपर्ने पूर्वप्रस्थान अभिमुखिकरणमा अनुपस्थित व्यक्तिलाई समेत उपस्थित भएको असान्दर्भिक नाम दर्ता गराएको लगायतका उजुरीहरु मन्त्रालयमा रहेको कल सेन्टरमा दिनहुँ प्राप्त भएको हुँदा उल्लिखित विकृतिहरुका सम्बन्धमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता गैरकानूनी एवम् अमर्यादित कृपाकलापहरुको न्यूनिकरण गर्न ‘मन्त्रालय र विभागबाट सूक्ष्म अनुगमनतर अनुसन्धान भइरहेको छ । वैदेशिक रोजगारीको क्षेत्रमा देखापरेका उन्तिखित अनियमितता एवम् गैरकानूनी कृयाकलापहरु तुरुन्त नरोकेमा प्रचलित कानून बमोजिम हदैसम्मको कारवाही हुने उपहो सम्बद्ध सबैमा जानकारी गराइन्छ ।’ 

मन्त्रालयले वैदेशिक रोजगारीको सन्दर्भमा ठगीमा परेका, बडी पैसा दिन बाध्य पारिएका अलपत्र परेका पीडितहरुलाई मन्त्रालयमा रहेको कल सेन्टर ११४ र १६६००१५०००५ तथा फेसबुक facebook.com/mo/calicenter तथा वैदेशिक रोजगार विभागको ०१-४७९२६४८ मा सम्पर्क गरी आफ्नो समस्या टिपाउनु अनुरोध गरेको छ । मन्त्रालयका अनुसार बिभिन्न जिल्लाबाट पीडितहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमा लिखित वा मौखिक उजुरी दिन अपिल गरेको छ । 

यस्तो छ मन्त्रालयको बिज्ञप्ति

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल