२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बालिकालाई बलात्कार गरेको अभियोगमा युवकविरुद्ध जाहेरी दर्ता

१४ श्रावण २०७९, शनिबार १३:०४

साउन १४, खोटाङ | १३ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेका दिवाहाङ भनिने देव बान्तवा राईविरुद्ध जाहेरी दर्ता भएको छ । 

मावली घरमा बसेर कक्षा ९ मा पढ्दैगरेकी बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको दाबी सहित अभियुक्त राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दर्ता भएको हो । 

छिमेकीको घरमा पूजा खान गएकोबेला २९ चैत २०७८ राती ‘हिँड मेरो घर जाऊँ’ भनेर आफू सुत्ने कोठामा लगेर पहिलोपल्ट जबरजस्ती करणी गरेका अभियुक्तले ‘कसैलाई भने वा उजुरबाजुर गरे मारिदिने’ धम्की दिएकाले घटना बारे तत्काल कसैलाई नभनेको पीडितको जाहेरीमा उल्लेख छ । त्यस यता पटक–पटक जबरजस्ती करणी गरेका आरोपितले पुनः ३० असार २०७९ मा जबरजस्ती गर्ने प्रयास गर्दा भागेर शौचालयमा चुकुल लगाएर बसेर बचेको पीडित बालिका बताउँछिन् । 

मादक पदार्थ सेवन गरेर ‘मसँग हिँड’ भनेपछि अस्वीकार गर्दा हातपात गर्न खोजेपछि शौचालयमा लुकेकोको अवस्थामा शौचालय बाहिर बसेर ‘छिटो निक्ली’ भन्दै कुरेको बेला अन्य स्थानीय आएपछि प्रतिवादी घर गएको जाहेरीमा भनिएको छ । 

डर धम्कीका कारण कसैलाई केही नबताएकी बालिकाले पटक–पटक जबरजस्ती करणी गर्न खोजेकाले बाध्य भएर छिमेकी भाउजूमार्फत घटना सार्वजनिक गरेको आफन्त डेनी राईले बताए । 

घटना सार्वजनिक भए लगत्तै पीडित पक्षले गत ५ साउनमा दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय चिसापानी, जन्तेढुंगामा जाहेरी दिएका थिए । तर इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयमै जाहेरी दिन भनेपछि १० साउनमा जिल्ला प्रहरी कार्यालय पुगेर दोषीविरुद्ध जाहेरी दिइएको हो । ‘मिल्न’का लागि दबाब दिँदै आएका आरोपित प्रहरीमा जाहेरी परे लगत्तै फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । 

जबरजस्ती करणीको घटना सार्वजनिक भएपछि समाज बसेर मिलाउने प्रयास भएको तर नमिलेका कारण ढिलागरी जाहेरी आएको प्रहरीले जनाएको छ । बराहपोखरी गाउँपालिका घर भएकी बालिका आमासँग मावली घरमा बस्दैआएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भक्तपुरमा सिन्दूर जात्रा मनाइयो सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला लाग्न सुरु जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एक जना पक्राउ माओवादी केन्द्रको जागरण अभियान नवलपुरबाट पुनः सुरु डोनाल्ड ट्रम्पले इरानले आणविक हतियारको विचार त्याग्नुपर्ने बताए ट्यांकीभित्र मृत भेटिएकी दुर्गाको हत्या उनकै दाइले गरेको खुलेको, यसरी परे पक्राउ सुनसरीको देवानगञ्जमा गोली चलाएर तीन जनालाई घाइते बनाएको आरोपमा दुई जना पक्राउ प्रचण्डले देवचुलीको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन गरे नारायणघाट–बुटवल सडकखण्ड वैशाख १५ सम्म रातको समयमा ६ घण्टा बन्द हुने बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, विवाह स्थगित बारम्बार बत्ति जाने समस्या, प्राधिकरणले दियो जवाफ शेरबहादुर देउवा गठबन्धनबाट नहल्लिएसम्म सरकार र गठबन्धन दायाँबायाँ नहुने राजनीतिमा अडान र बफादारी भन्ने कुरा शेरबहादुर देउवाबाट सिक्नुपर्छ : महेश बस्नेत गगन थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताए आजदेखि पाँच रुपैयाँका १० लाख थान नयाँ नोट चलनचल्तीमा आज सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ? माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय