पढ्न करिब 1 मिनेट लाग्छ

भदौ २४, सुरुङ्गा | नजिकिँदै गरेको चाडपर्वहरुलाई लक्षित गर्दे कनकाई नगरपालिका क्षेत्रका बजारलाई हप्ताको सातै दिन खुल्ला गरिने भएको छ ।

कनकाई नगरमा पर्ने सुरुङ्गा, दुर्गापुर, लक्ष्मीपुर र घैलाडुब्बा बजार प्रत्येक साताको एक दिन बन्द हुँदै आएको थियो । तर, नजिकिदै गरेको नेपालीहरुको चाडपर्वलाई लक्षित गरी यही भदौ २२ गतेदेखि वडा दशैं, दिपावली तथा छठपूजा सम्मका लागि सम्पूर्ण बजारहरु खुल्ला राख्ने निर्णय भएको हो ।

चाडपर्वको समयमा उपभोक्ताहरुलाई दैनिक उपभोग्य वस्तु खरिद गर्न सहज होस् भन्ने उद्देश्यले बजार खुल्ला गर्ने निर्णय गरिएको कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलले बताए ।

उद्योग वाणिज्य संघको बिहीबार बसेको वैठकले यो निर्णय गरेको हो । साथै, वैठकले वजार क्षेत्रको सडक वत्ती, रात्रीकालीन चौकीदार व्यवस्थापन लगायत बजार क्षेत्रमा उत्पन्न हुन सक्ने विभिन्न समस्याहरुका विषयमा सहजिकरण गर्नका लागि वाणिज्य सचिव ख्याम ओलीको संयोजकत्वमा विश्वविजय खरेल र अनिल गोयल सदस्य रहने गरी उपसमिति निर्माण पनि निर्माण गरेको छ ।

हालसम्म संघको मातहतमा बजार क्षेत्रभरि चार जना चौकीदार कार्यरत रहेकोमा एक जनाको पद रिक्त रहेकाले चाँडै पदपुर्तिका लागि आवश्यक प्रक्रियाअघि बढाइएको संघका महासचिव सोमनाथ उप्रेतीले बताए ।