भदौ २४, पर्वत ।  अन्तराष्ट्रिय साक्षरता दिवस तथा ३७ औं शिक्षा दिवस पर्वतमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २४, पर्वत ।  अन्तराष्ट्रिय साक्षरता दिवस तथा ३७ औं शिक्षा दिवस पर्वतमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवस"/>
२०८२, ३० माघ बिहीबार
खेलकुद

पर्वत बाङमयद्धारा खेलकुद सामाग्री वितरण

२०७३, २४ भाद्र शुक्रबार ०९:३४

भदौ २४, पर्वत ।  अन्तराष्ट्रिय साक्षरता दिवस तथा ३७ औं शिक्षा दिवस पर्वतमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसको  अबसरमा पर्वत बाङमय प्रतिष्ठान पर्वतले ३७ औं शिक्षा दिवसको अबसर पारेर शिवालय उमावि कुश्मालाई खेलकुदका सामाग्री वितरण गरेको छ । खेलकुद सामाग्रीमा भलिबल, फुटबल , नेट, क्रिकेट बल र ब्याट लगाएतका सामाग्री वितरण गरेको हो । प्रतिष्ठानका अध्यक्ष जेवि सेभेनको आर्थिक सहयोगमा उक्त खेलकुद सामाग्री उपलब्ध    गराइएको हो । उनी हाल अमेरिकामा रहेका छन् ।

उक्त खेलकुद सामाग्र्री बाङमयका सचिव शंकर गिरीले जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलको रोहवरमा शिवालय उमाविका खेलकुद शिक्षक लेखनाथ उपाध्याय र मेघनाथ शर्मालाई हस्तान्तरण गरेका हुन् । जिल्ला शिक्षा कार्यालयले दिवसको अबसरमा प्रभातफेरी तथा जिल्लामा       रहेका बौद्धिक बर्ग तथा शिक्षक, अभिभावक र विद्यार्थी विच     अन्तरक्रिया गरी मनाएको थियो ।


बर्राचौर ९ मा रहेको आम्बारी निमावि जिल्लाकै सरसफाइयुक्त नमुना विद्यालय घोषणा भएको छ । सरसफाइको लागि आवश्यक पर्ने पानी, चर्पीको प्रयोग लगायतका अन्य फोहोर व्यवस्थापनमा विद्यालयले आवश्यक कदम चालेपछि जिल्लाकै पहिलो नमूना सरसफाइयुक्त विद्यालय भएको हो ।

विद्यालयले सरसफाइको लागि आवश्यक पर्ने पानी, धारा, शौचालय, फोहोरको व्यवस्थापन गर्न सकेका कारण जिल्लाकै पहिलो नमूना सरसफाईयुक्त विद्यालय बन्न सफल भएको विद्यालयले जनाएको छ । यसैविच जिल्लाका पश्चिमाञ्चल नेपाल ग्रामिण खानेपानी तथा       सरसफाइ परियोजना (वास) अन्तरगत  कार्यक्रम संचालन भएका जिल्लाका १६ गाविस मध्ये बर्राचौरका ३, ५ र ७ पूर्ण सरसफाई युक्त वडा घोषणा भएका छन् । वास परियोजना लागू भएका गाविसमध्ये पहिलो पटक जिल्लामा बर्राचौर गाविसका उक्त वडा पूर्ण सरसफाईयुक्त गाविस घोषणा भएको हो । विहिबार  उक्त गाविस र विद्यालयलाइ्र्र पूर्ण सरसफाईयुक्त गाविस घोषणा गरिएको थियो ।



 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि