2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छ महिने छोरीलाई ‘ट्वाइलेट’मा फ्याँकेर अर्कै युवकसँग फरार

साउन २२, काठमाडौँ | ६ महिनाको बालिकाको हत्या गरिको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। स्याङ्जा गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका कुमाल गाउँका २२ वर्षीय केदार कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

शुक्रवार दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रवीन्द्र खनालले जानकारी दिए। साउन १० गते लक्ष्मी ६ महिनाको छोरीसहित सम्पर्कविहीन भएकी थिइन्। त्यसपछि उनका ससुराले प्रहरीमा पुगेर खोजी गर्न भन्दै निवेदन दिएका थिए। प्रहरीले खोजी गर्दा लक्ष्मीले केदारसँग भागी विवाह गरेको भन्ने सूचना पाएपछि दुबै जनाको खोजी गरेको डिएसपी खनालले बताए।

त्यही क्रममा शुक्रवार १ बजे प्रहरीले दुबै जनालाई स्याङ्जा गल्याङ बजारमा फेला पारेको थियो। प्रहरीले सोधपुछ गर्दा महिलाले ६ महिनाको छोरी अस्थायी ट्वाइलेटको खाल्डोमा फालेको बयान दिएकी थिइन्। त्यसपछि प्रहरीले बयानको आधारमा हेर्न जाँदा सोही स्थान (खाल्टो) मा सडेगलेको अवस्थामा बच्चाको शव फेला परेको प्रहरीले जनायो।

दुवै जनालाई ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक