६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्जन र तेजलाई थप गर्दै प्रशिक्षक अब्दुल्लाहले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाए

२३ श्रावण २०७९, सोमबार ११:३०

साउन २३, काठमाडौँ | आगामी दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले २६ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाउन माग गरेका छन् । 

आगामी दुई अभ्यास खेलका लागि अब्दुल्लाहले यसअघि एसियन कप छनोट खेलेका २३ खेलाडीमा तीन खेलाडी थप गर्दै २६ खेलाडी नाम अखिल नेपाल फुटबल संघ (एन्फा) सचिवालयलाई बुझाएका हुन् । 


जसमा यसअघि निलम्बनमा परेका मिडफिल्डरद्वय अन्जन विष्ट र तेज तामाङ छन् । यस्तै, ‘रिकवरी’ भएका त्रिभुवन आर्मी फुटबल क्लबका दिनेश हेम्जन छन् । दिनेश गत ‘ए’ डिभिजन लिग २०७८ को उदयीमान खेलाडीसमेत हुन् ।  

नेपालले आगामी महिना बंगलादेशसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको छ । यद्यपि, आधिकारिक निर्णय भएको छैन । 

कुवेती नागरिक अब्दुल्लाहले दुई मैत्रीपूर्णको लागि २६ खेलाडीको नाम बुझाउँदा टिम व्यवस्थापक भने चाँडै नियुक्त गर्न एन्फालाई आग्रह गरेका छन् । यसअघि व्यवस्थापक मधुसुदन उपाध्याय थिए । एन्फा कार्यसमिति चेन्ज भएसँगै हाल उनी एन्फा बाहिर छन् । यस्तै, प्रशिक्षक अब्दुल्लाहले टिम व्यवस्थापकबाहेक सम्पूर्ण टेक्निकल टिम कुवेत पुगेकै माग गरेका छन् । 

गत १४ वैशाखमा प्रशिक्षक अब्दुल्लाह व्यवहारको कारण अन्जन, तेजसहित राष्ट्रिय टोलीका १० खेलाडीले बन्द प्रशिक्षण होटल छोडेका बताएका थिए ।  त्यसपछि क्याम्प छोडेका तेज र अन्जनसहित सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विशाल श्रेष्ठ, विमल घर्ती मगर, दिनेश राजवंशी, रोहित चन्द, सुमन लामासहित कप्तान किरणकुमार लिम्बूलाई बाहिर राख्दै प्रशिक्षक अब्दुल्लाहले २३ सदस्यीय टिमलाई कुवेत सिटी पुर्याएका थिए । 

यसपछि खेलाडी र प्रशिक्षकबीच विवाद उग्र बनेको छ । प्रशिक्षक केही खेलाडी ‘ब्याक’ गर्न चाहँदैनन्  । जुन ‘काण्ड’ असार ६ गते सम्पन्न भएको एन्फाको चुनावी साधारणसभामा समेत देखिएको थियो । 

चुनाव जितेलगत्तै वर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङलाई कारबाहीमा परेका केही खेलाडी बधाई दिन बुढानिलकण्ठस्थित पार्क भिलेज पुगेका थिए । निर्वाचित अध्यक्ष नेम्बाङ र वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले एन्फाको पहिलो निर्णय खेलाडी बोलाउने बताएका थिए । यसपछि ८ असारमा बसेको एन्फाको अवैधानिक पहिलो बैठकले १० खेलाडीलाई राष्ट्रिय टिममा फिर्ता बोलाउने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या