२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुण्डी कारोबारमा संलग्न ६४ बर्षीय बृद्ध सहित तीन जना पक्राउ

२०७९, २४ श्रावण मंगलवार १३:३४

साउन २४, काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक करोड भन्दा बढी हुण्डी कोरोबारमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । 

प्रहरीले पक्राउ गरेकाहरुबाट नगद ७४ लाख रुपैयाँ र विभिन्न वित्तीय संस्थाको नाममा काटिएका २६ लाख ३२ हजार ७५० रुपैयाँ बराबरको चेकसहित बरामद गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत राजस्थान शिखर जिल्ला देवथला घर भई काठमाडौं बबरमहल बस्ने ६४ वर्षीय राजु अग्रवाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ घर भई जोरपाटी बस्ने २० वर्षीय रामहरी दुलाल र रौतहट चन्द्रपुर नगरपालिका–४ घर भई चाबहिल बस्ने २४ वर्षीय सुदिप आचार्य रहेका छन् ।

हुण्डी कारोबारमा संलग्न भनिएकाहरुले काठमाडौं महानगर–१८ नरदेवी क्षेत्रमा गैरकानुनी रुपमा हुण्डीको कारोबार गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । सोहि सूचनाको आधारमा सोमबार साँझ नगद र चेकसहित उनीहरूलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै