2026-09-24 07:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाडी तथा मलेसियामा नयाँ श्रम काउन्सिलर र सहचारीको आवेदन खुला

साउन २५, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदार वैदेशिक रोजगारीमा जाने खाडी तथा मलेसियामा नयाँ काउन्सिलर श्रम र श्रम सहचारीको आवेदन खुला गरेकोे छ ।

मन्त्रालयले कतारको दोहा, मलेसियाको क्वालालम्पुर, दक्षिण कोरियाको सियोलमा राजपत्रांकित द्वितीय श्रेणीका उपसचिवलाई काउन्सिलर श्रम र मलेसिया, संयुक्त अरब इमिरेट्सको आबुधावी, साउदी अरेबियाको जेद्धा र ओमनको मस्कटमा राजपत्रांकित द्वितीय श्रेणीका शाखा अधिकृतलाई श्रम सहचारी नियुक्त गर्ने गरेकोे छ । हाल मलेसियामा काउन्सिलर श्रममा दीपक ढकाल, कतारमा कृष्णप्रसाद खनाल र रमा भट्टराई कार्यरत रहेका छन् ।

मन्त्रालयको नयाँ सूचनाअनुसार साउन २० गतेदेखि ३५ दिनभित्र योग्यता पुगेका ईच्छुक कर्मचारीले आवेदन दिन सक्नेछन् । आवेदनपछि प्रस्तुतीकरण तथा अन्य प्रयोगात्मक परीक्षा गरिने मन्त्रालयले जनाएको छ ।

केही दिनअघि मात्रै साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कतारका लागि नियुक्त काउन्सिलर श्रम र श्रम सहचारीहरु अभिमुखीकरण सम्पन्न गरी त्यसतर्फ लागेका थिए । साउदी अरेबिया, रियादको काउन्सिलरमा देवेन्द्र कार्की र संयुक्त अरब इमिरेट्सका लागि दीनबन्धु सुवेदी, बहराइनको श्रम सहचारीमा जमुना काफ्ले र कतारका लागि कृष्ण पौडेललाई नियुक्त गरेको थियो । 

नेपाली कामदारको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगारदाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सिलर श्रम र श्रम सहचारीहरुले भूमिका खेल्नुपर्ने ऐनमा व्यवस्था छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम