दलसिंह गिरी/भदौ २५, कालिकोट । इतिहाँसको कुनै कालखण्डमा जुम्लाको रातो मार्सी चामल दरबारमा पुग्यो अजै पनि सेनाका ब्यारेक र ठुल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/भदौ २५, कालिकोट । इतिहाँसको कुनै कालखण्डमा जुम्लाको रातो मार्सी चामल दरबारमा पुग्यो अजै पनि सेनाका ब्यारेक र ठुल्"/>
2026-09-16 10:21 AM
काठमाडौँ - KTM

कर्नालीवासीले २० केजी चामल पाउन धमाधम बच्चा जन्माउन र मार्न पर्ने

दलसिंह गिरी/भदौ २५, कालिकोट । इतिहाँसको कुनै कालखण्डमा जुम्लाको रातो मार्सी चामल दरबारमा पुग्यो अजै पनि सेनाका ब्यारेक र ठुल्ठुला निकायमा जुम्लाको रातो मार्सी चामल पुग्दछ तर त्यो इतिहासलाई बिर्सेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्नालीवासीलाई २० केजी चामलमा साँट्न खोजेको भन्दै कर्नालीवासीले घोषणाको ब्यापक विरोध गरेका छन् । 

विहिवार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कर्नालीमा जन्मिदा र मर्दा २० केजी चामल उपलब्ध गराउने घोषणा गरेपछि कर्नालीका अगुवा तथा विभिन्न ब्यक्तिहरुले विभिन्न मेडिया तथा सामाजिक संजाल मार्फत घोषणाको ब्यापक विरोध गरेका हुन् । 

प्रधानमन्त्री दाहालले कर्नालीवासीलाई २० केजी चामल दिने घोषणाको विरोध गर्दै कर्नाली नागरिक समाजका अगुवा अशोक नाथ योगीले कर्नालीवासीले सुलभ स्वास्थ्य सेवा, विश्वसनीय यातायात सेवा र गुणस्तरीय शिक्षा नपाइरहेको बेला २० केजी चामलका लागि धमाधम बच्चा जन्माउन मार्न पर्ने कति पपुलर कार्यक्रम ल्याएको भन्दै प्रधानमन्त्री दाहालको आलोचना गर्नु भएको छ । कर्नालीवासीले समग्र विकासका लागि विशेष अधिकार सहितको प्रदेशको माग, स्थानिय निकायमा प्रतिनिधित्व र सरकारको सहभागिताको माग गरेको हो तर मर्न र बाच्नका लागि २० केजी चामल मागेको होइन वहाले संजाल मार्फत घोषणाको विरोध गर्नु भएको छ ।

कर्नालीको जलश्रोत, जडिबुटी, जंगल, विदेशीलाई बेच्ने अनी कर्नालीलाई टुक्कीमारा, निकोटिन युक्त औषधी वितरण गर्ने शासकिय सोँचको निरन्तरता प्रधानमन्त्री दाहालले जन्म र मृत्युमा २० किलो चामल दिने घोषणाबाट गरी राजनीतिक दरिद्रता देखाएको जडिबुटी विज्ञ अजय गिरीले बताउनु भएको छ ।

जुम्लाका पूर्व सभासद एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेश भण्डारीले प्रधानमन्त्री दाहालले कर्नालीका जनतालाई टाउकाको रोगका लागि नाइटोमा उपचार गरेको भन्दै २० केजी चामल दिने घोषणाको विरोध गर्नु भएको छ । 

कर्नालीवासीलाई २० किलो चामल दिने घोषणा विगतका शासकहरुले राज्यको ढुकुटीमाथि ब्रमलुट गर्न कर्नालीमा भोकमरीको हल्ला फिजाउने परिपाटीको निरन्तरता रहेको लेखक समाजका गोरख विसीले आरोप लगाउनु भएको छ । 

फेसवुक टुवीटर जस्ता समाजिक संजाल मार्फत विभिन्न ब्यक्तिहरुले बच्चा जन्माउदा र मर्दा ब्यवस्थापन खर्च गर्न सक्ने कर्नालीवासीहरुको कुनैपनि हैसियत नरहेको जस्तो ब्यवहार प्रधानमन्त्रिले देखाएको भन्दै यसको ब्यापक विरोध गर्नु भएकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु