2026-09-24 07:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिभागद्वारा कतार प्रहरीमा पठाउन लागेको म्यानपावरमा अनुगमन

साउन २५, काठमाडौँ । वैदेशिक रोजगार बिभागले गत बर्ष बिबिध कारण रोकिएको प्रतिष्ठित कतार प्रहरीको डिमाण्डमा अन्तर्वार्ता लिन लागेको अल ताक्वेत ओभरसिजमा आकस्मिक अनुगमन गरेको छ । मिडियामा कतार प्रहरीको डिमाण्डबारे चर्को लागत संगै बिभिन्न आरोपका समाचार बाहिरिएपछि बिभागले अनुगमन गरेको हो । 

बिभागले अनुगमन गर्ने क्रममा म्यानपावरका संचालक मनिराम श्रेष्ठले आफूहरुले सरकारी प्रक्रियाबाटै कतार प्रहरीको रोजगारको छनौट प्रक्रिया अघि बढाएको संचार माध्यमहरुसँग दावी गरेका छन् । श्रेष्ठको दावीलाई भेरिफाई गर्ने हो भने त्यसलाई मान्ने आधार पनि देखिएको छ । बिभागको सिस्टममा यस सम्बन्धमा भेरिफाइ गर्दा बिभागले अल ताक्वेत ओभरसिजलाई बौद्ध स्थित हायात होटलमा २०२२ अगष्ट १६, १७ र १८ तारिकमा अन्तर्वार्ता गर्न स्वीकृति दिएको पाइएको छ । यो समाचार तयार पार्दै गर्दा बिभागको रेकर्ड हेर्ने हो भने कतारको रोजगारदाता मिनिस्ट्री अफ इन्टेरिएरबाट लाजिम्पाट स्थित अल ताक्वेत ओभरसिज प्रालिमा गत बर्षनै आएको २४४४६९१ लटको डिमाण्डलाई पुन: स्वीकृति दिएको स्पष्ट देखिएको छ । 

यो स्क्रिनसट हेर्नुहोस् 

साथै बिभागको सिस्टममै कतार पुलिसको अन्तर्वार्ताको मिति ८ दिन बाँकी रहेको देखाउँछ । 

यो स्क्रिनसट हेर्नुहोस् 

तर बिभाग आफैले  पुन: स्वीकृति दिएको डिमाण्डबारे आफैलाई जानकारी नभएको भन्दै अनुगमन गरेको म्यानपावरको गुनाशो छ । सम्बन्धित म्यानपावरले बिभागबाट गत साउन २३ गते हिमालय टाइम्समा बिज्ञापन छापेर कतार पुलिसको लागि छनौट प्रक्रिया सुरु गरेको पाइएको छ । बुधबार बिभागले अनुगमन गरेपछि सम्बन्धित म्यानपावरलाई एक पटक कतारले स्थगित गरेको कतार पुलिसको डिमाण्डलाई पुन: कामदार चाहिएको भनि नेपालीलाई माग दिएको आधार समेत लिएर उपस्थित हुन बिभागले पत्र काटेको छ । म्यानपावरले यस सम्बन्धमा आफूहरुसँग कतार पुलिसको लागि कतारको मिनिस्ट्री अफ इन्टेरिएरले पुन: नेपाली लान चाहेको सम्बन्धमा आवश्यक कागजात भएको भन्दै उक्त प्रमाण बिभागमा पेश गरेर तोकिएकै समयमा कतार पुलिसको अन्तर्वार्ता लिने जनाएको छ । साथै बौद्ध स्थित हायात होटलमा हुने भनिएको अन्तर्वार्तामा सम्बन्धित रोजगारदाताबाटै प्रतिनिधिहरु आउने बताइएको छ ।  

अनुगमनका क्रममा बिभागले बिभिन्न मिडियामा कतार पुलिसको डिमाण्डबारे ध्यानाकर्षण गरेपछि अनुगमन गरेको जनाएको छ । बिभाग म्यानपावर कार्यालय पुग्दा कतार प्रहरीमा पठाउन अन्तर्वार्ताको तयारी गरिरहेको अल ताक्वेत ओभरसिजमा कुनै संकास्पद कागजात भने भेटेन । बिभागले सरकारी प्रक्रिया बिपरित कामदार छनौट गरेको पाइए कारवाही गर्ने सम्बन्धित म्यानपावरको संचालकलाई ध्यानाकर्षण गराएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम