2026-07-28 02:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीसम्बन्धी उजुरी अनलाइनबाटै दिन मिल्ने, यस्तो छ तरिका !

साउन २६, काठमाडौँ । के तपाईं वा तपाईंको आफ्नो मान्छे वैदेशिक रोजगारीका क्रममा समस्यामा पर्नुभएको छ ? यदि समस्यामा पर्नुभएको छ भने अब अनलाइनबाटै उजुरी दिन मिल्ने भएको छ । 

वैदेशिक रोजगारीको सिलसिलामा समस्यामा परेका श्रमिक वा उनका परिवारले न्याय, उद्धार तथा राहतको लागि वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीबाटै पहल गर्न सक्ने वैदेशिक रोजगार विभागले जनाएको छ । म्यानपावर तथा एजेण्टले ठगेको, गन्तव्य देशमा भनेअनुसार काम नपाएको, विदेशमा अलपत्र परेकाे, दुर्घटना वा बिरामी भएको लगायतका वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण उजुरी अनलाइनबाटै दर्ता गर्न मिल्छ ।

त्यसको लागि वैदेशिक रोजगार विभागको वेबसाइट https://dofe.gov.np/ मा गई त्यसको दायाँ माथिल्लो भागमा उजुरी भन्ने अप्सन छ । त्यहाँ क्लिक गरेपछि उजुरी र गुनासोका विभिन्न प्रकारहरु देखिन्छन् । त्यसमध्ये आफूले उजुरी गर्न चाहेको अप्सनमा क्लिक गरेपछि त्यहाँ विभिन्न विवरण माग्छ । त्यो सबै भरेर सबमिट गरिसकेपछि निवेदन विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस)मा प्रविष्ट हुन्छ । विभागका अनुसार त्यही उजुरीको आधारमा कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।

उजुरी गर्दा प्रमाण वा आधार पुष्टि हुने कागजात पेस गर्नुपर्ने विभागले जनाएको छ । यस्तै आफूले दिएको उजुरी के भइरहेको छ भन्ने बुझ्न विभाग अन्तर्गत उद्धार तथा राहत शाखाको टिलेफोन नम्बर ०१४७९२६४८ मा सम्पर्क गरेर उजुरीको अद्यावधिक विवरण पनि प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल