2026-09-04 03:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायत सिजनल भिसामा पठाउने भनि प्रतिव्यक्ति ९ लाख अशुली, एक जना पक्राउ

भदौ २९, काठमाडौँ । सिजनल भिसामा बेलायतमा रोजगारमा पठाइदिने नाममा ९ लाख अशुली गरि ठगि गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं महानगरपालिका–२९ सामाखुसी बस्ने ईलाम जिल्ला ईलाम नगरपालिका–१ नारायणटार घर भएका ३७ वर्षीय प्रकाश राई आइतबार दिउसो पक्राउ परेका हुन् । 

राईले ५ जनालाई सिजनल भिषामा बेलायत जानको लागि प्रति व्यक्ति नगद ९ लाख रुपैयाँ लाग्ने र बेलायत पुगेपछि कृषि सम्बन्धि कम्पनीमा काम लगाइदिन्छु भनेर ठगी गरे पीडितहरुको आरोप छ । 

राईले बेलायतमा मासिक नगद ४ लाख रुपैयाँसम्म तलव हुन्छ भनी प्रलोभनमा  पारेको पाइएको छ । राईले ५ जना युवाहरुबाट प्रतिव्यक्ति अग्रिम ३/३ लाख अशुली गरेर १५ लाख लिएर सम्पर्क बिहीन भएको अवस्थामा प्रहरीले सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरि थप कारवाहीको लागि बुद्धनगर स्थित वैदेशिक रोजगार बिभाग पठाइएको छ । 

पछिल्लो समय युवाहरुलाई सिजनल भिसामा पठाईदिने नाममा प्रतिव्यक्ति १२ लाखसम्म अशुली भएको पाइएको छ । 

सिजनल भिसा प्राप्त गर्नका लागि कुनै संस्था वा म्यानपावरको भर पर्नुपर्ने हुँदैन । व्यक्ति स्वयमले अनलाइनमार्फत आवेदन दिन सक्छन् । तर, आफैले आवेदन दिन नजान्नले भने व्यक्ति अर्थात् एजेन्टको भर पर्दा ठगिने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ