१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्ली खस भाषाको अभिलेखिकरण गरिँदै

३० श्रावण २०७९, सोमबार ०९:०९

साउन ३०, जुम्ला | जुम्ली खस भाषाको अभिलेखिकरण गरिने भएको छ । स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखिकरण गर्न प्रक्रिया थालेको हो  ।

खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । अहिलेसम्म खस भाषा राष्ट्रिय भाषा आयोगमा दर्ता भएको नभेटिएपछि स्थानीय सरकारले अभिलेखीकरण गर्न पहल समेत थालेको सिंजा गाउँपालिकाअध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने, 'खस भाषा आयोगमा लिपिबद्ध गर्न पहल सुरू भएको छ । आयोगको टोली जुम्लाको सिंजामा पुगेर पाँच वटा खस लिपीको मानक प्रमाणीत गरेको छ ।' 


अध्यक्ष धितालले गाउँपालिकाको टोली आयोगको केन्द्रीय कार्यालयमा समेत पुगेर आवश्यक छलफल, समन्वय र सहकार्य गरिएको छ । अब स्थानीय तह र सरोकारवालहरूको बैठक बसेर थप छलफल गर्न जोड दिएकाे छ । अब खस भाषाको लिपी भएको शब्दकोष अभिलेखीकरण तथा कम्प्यूटराइज गर्न आयोग निकै सकारात्मक र उत्साहित भएको छ । यसका साथै खस भाषा अभिलेखीकरणका लागि सिँजामै प्रशिक्षण सञ्चलन गर्ने कार्यक्रम समेत राखिएको गाउँपालिकाले जनाएको छ । 

२४ स्वर र ४१ वटा व्यन्जन वर्ण टुंगो लाग्यो 

भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले खस भाषा अभिलेखिकरणका विषयमा आयोगले प्रथामिकता दिएको बताए । खस भाषा अभिलेखिकरणका लागि राष्ट्रपतिकोमा प्रतिवेदन समेत पठाइएको छ । अध्यक्ष अवस्थीका अनुसार खसभाषाका २४ स्वर र ४१ वटा व्यन्जन वर्ण समेत आयोगले तयार पारिसकेको छ । उनले भने, 'वर्ण पहिचानका विषयमा स्थानीय डिल्लीप्रसाद तिवारीसहितका जानकारहरूबाट सहयोग प्रदान भएको छ  ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार