भदौ १, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहसचिव उमाकान्त आचार्यलाई वैदेशिक रोजगार विभागको महानिर्देशकको रुपमा जिम्मेवारी दिएको छ । विभागका महानिर्देशक शेषनारायण पौडेल अध्ययन बिदामा जापान जाने भएपछि आचार्यलाई महानिर्देशकको जिम्मेवारी दिईएको हो ।
नव नियुक्त महानिर्देशक आचार्य यसअघि श्रम मन्त्रालय अन्तर्गतकै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका थिए । आचार्यले मंगलबारनै पदभार ग्रहण गरेका छन् ।