2026-06-30 07:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धेरै झुट आयो, अब सत्य सार्वजनिक गर्छु : रोनाल्डो

एजेन्सी | म्यानचेस्टर युनाइटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नो विषयमा धेरै झुटा समाचार पढेपछि भविष्यको बारेमा सत्य सार्वजनिक गर्ने बताएका छन् ।

पोर्चुगलका ३७ वर्षीय स्टारले युनाइटेड छाड्न चाहे पनि नयाँ प्रशिक्षक एरिक टेन हागले रोनाल्डो बिक्रीका लागि नरहेको बताएका थिए । तर पछिल्लो घटनाक्रमपछि युनाइटेडले रोनाल्डोलाई १ सेप्टेम्वरमा ट्रान्सफर विन्डो बन्द हुनुअघि नै क्लब छाड्न दिन सक्ने बीबीसीले जनाएको छ ।


तर रोनाल्डोले केही दिनपछि आफ्नो अन्तर्वाताबाट उनीहरुले सत्य थाहा पाउने बताएका छन् । ‘उनीहरुले केही हप्तापछि अन्तर्वार्ताबाट सत्य थाहा पाउनेछन्,’ रोनाल्डोले इन्स्टाग्राममा लेखेका छन्, ‘मिडियाले झुटो बताइरहेका छन् । म सँग पछिल्ला एक सय समाचार नोटबुकमा छन् जसमा पाँच वटा मात्र सही छन् । सोच्नुस यो कस्तो होला ।’

एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमिओनीले उनलाई अनुबन्ध गर्न इच्छुक रहेको भन्ने एक समर्थकको पोष्टमा लाइक गर्दै रोनाल्डोले कमेन्ट गरेका हुन् । रोनाल्डोका पूर्व टिममेट ग्यारी नेभिलले विश्वकै उत्कृष्ट खेलाडीलाई सत्य भन्न किन दुई साता कुर्नुपर्ने भनेर प्रश्न गरेका छन् ।

युनाइटेडमा रोनाल्डोको अझै एक वर्ष सम्झौता बाँकी छ । उनी एक वर्षअघि युभेन्ट्सबाट युनाइटेड पुगेका थिए ।

रोनाल्डोलाई अनुबन्ध गरेपनि युनाइटेड प्रिमियर लिगको शीर्ष चारमा रहन सकेन र च्याम्पियन्स लिगमा छनोट हुन सकेन । यस सिजन युनाइटेड लिगको सुरुवाती दुई खेलमा पराजित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ