४ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको माईटेक र एसेम्ब्लीद्वारा शुन्य लागतमा १००० नेपाली कामदार लैजान सम्झौता (डिमाण्ड सहित)

२ भाद्र २०७९, बिहीबार १५:५९

भदौ २, काठमाडौँ । मलेसियामा रहेको अन्तर्राष्ट्रिय कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएचडिले शून्य लागतमा नेपाली कामदार लैजानका लागि विहिवार सम्झौता गरेको छ । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले आफ्नो कम्पनीमा कामदारलाई शुन्य लागतमा लैजानका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरसँग सम्झौता गरेको हो ।


मलेसियाको माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले र नेपालमा रहेको व्हाईट हर्ष रिक्रुटमेन्ट प्रालि मेनपावरबीच विहीबार काठमाडौंको रेडिसन होटलमा पत्रकार सम्मेलन गरेर द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौतापत्रमा माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिका तर्फबाट एच आर निर्देशक माईकल लि  र व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरका तर्फबाट अध्यक्ष सागर गिरि र सिईओ राजन श्रेस्ठले हस्ताक्षर गरेका हुन  । सम्झौताअनुसार माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिमा जाने नेपाली श्रमिकले व्हाईट हर्ष रिक्रुटमेन्ट मेनपावर कम्पनीमार्फत शून्य लागत अर्थात एकरुपैया पनि नतिरी मलेसिया जान पाउनेछन ।


मलेसियाको यो कम्पनीले पहिलो चरणमा एक हजार श्रमिक लैजाने जनाएको छ । व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरबाट पहिलो चरणमा १००० कामदार मलेसिया जान पाउने र केहि समयमै थप  १००० कामदार मलेसिया लैजाने कम्पनीका एच आर निर्देशक माईकल लिले पत्रकार सम्मेलनमा जानकारी गराए । छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने लिले बताए । ‘कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा हामी अत्यन्त सजक रहेका छौँ’ उनले भने –‘नेपाली श्रमिक र मलेसियाका श्रमिकका बीचमा पारिश्रमिक तथा अवसरमा कुनै विभेद नहुने लिले दावी गरे ।

रेष्पोन्सिबल विजनेश एलाइन्स (आरबिए)मा आवद्ध एच आर निर्देशक माईकल लिको मलेसियालगायतका देशमा विविध उद्योग रहेको छ । मलेसियामा मात्रै दुई उद्योग ४ प्लाण्ट  रहेका छन् । यो कम्पनीमा विभिन्न देशका गरी ३००० भन्दा बढी श्रमिक कार्यरत छन । एच आर निर्देशक माईकल लिले श्रमिकको आरामदायी बसोवासका लागि आफ्नै अपार्टमेन्ट रहेको जनाउँदै नेपाली कामदार इमान्दार, परिश्रमी र छिटो भाषा सिक्न सक्ने भएकाले नेपालीलाई नै पहिलो रोजाईमा परेको बताए ।


यो कम्पनीमा नेपाली श्रमिकलाई न्यूनतम एक हजार ५०० मलेसियन रिङ्गेट तलबका साथै भत्ता, बोनस, ओभरटाइमका साथै वार्षिक बिदाको पनि व्यवस्था रहेको छ ।

व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरका अध्यक्ष सागर गिरीले शुन्य लागतमा कामदार पठाउने नमूना मेनपावर बनाउने लक्ष्यसहित कम्पनीले काम गरिरहेको बताए । मेनपावरका सीईओ राजन श्रेस्ठले कामदारबाट कुनै पनि पैसा नउठाउने जनाउदै आफ्नो मेनपावरमा कुनै एजेण्ट वा मिडिलमेन नहुने र इथिकल रिक्रुटमेण्ट मात्र गर्ने बताए । 

कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिदै एचआर निर्देशक लि र मेनपावरका सीईओ श्रेस्ठले आफुहरुको अभियान भनेको निशुल्क बैदेशिक रोजगारी भएकाले सरोकारवाला संघ सँस्थालाई अनुगमन गर्न र आवश्यक सहयोग गर्न अनुरोध गरे ।


बर्षौदेखी वैदेशिक रोजगारीमा श्रमिक पठाउँदै आएको यो मेनपावरले सन २०२० देखि शून्य लागतमा श्रमिक पठाउँदै आएको छ । कार्यक्रममा उपस्थित पत्रकारहरुले सबै कामदार तथा मेनपावरको चाहना जिरो कष्टमा वैदेशिक रोजगारमा जानु पर्छ भन्ने भएकोमा केही मेनपावरले शुरु गरेकोमा खुशी व्यक्त गरे । उनिहरुले भने–‘ अव यो मेनपावर मात्र होइन सबै मेनपावरबाट नेपाली कामदार जिरो कष्टमा नै जानु पर्छ ।’

सरकारले निशुल्क भिसा र टिकटको नियम राखे पनि अहिले केही मेनपावरहरुले जिरो कष्ट लागु गर्दा वैदेशिक रोजगारमा जाने कामदारलाई धेरै सजिलो भएको छ । नेपालका सबै मेनपावरले जिरो कष्ट लागु गर्ने हो भने विदेशी रोजगारदाताले पनि बाध्य भएर नेपालीलाई नै रोज्ने दिन अवस्य आउनेछ ।

उक्त कार्यक्रममा माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिका एचआर लिले आफ्नो कंपनी  मलेसियाको जोहर राज्यमा रहेको र आफ्नो उत्पादन कारखानामा नेपाली कामदारहरूलाई काममा लगाउने योजना घोषणाको लागी नेपाल आई पत्रकार सम्मेलन आयोजना गरेको बताए । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले नैतिक भर्तीको समर्थनमा शून्य माइग्रेसन-लागत भर्ती सुनिश्चित गर्न आफ्नो प्रतिबद्धता पुष्टि गरेको उनले बताए । माईटेकका एचआर निर्देशक लिले नेपाली आप्रवासी कामदारहरूको अधिकारको रक्षा गर्न सुरुदेखि नै जिम्मेवार भर्ना सुनिश्चित गर्न कम्पनीले काठमाडौंमा भर्ना प्रक्रियामा सक्रिय रूपमा संलग्न रहेको बताए । शून्य प्रवास लागत भर्तीको एक भागको रूपमा कामदारहरुलाई आफ्नो रोजगारको लागी शुल्क तिर्न आवश्यक छैन उनले भने । यसको मतलब माइटेकले सेवाको अन्त्यमा एजेन्ट शुल्क, चिकित्सा परीक्षण, राहदानी, उडान टिकट, स्थानीय यातायात, आवास र स्वदेश फिर्ता लगायत सबै भर्ती खर्च बेहोर्ने एचआर लिले दावी गरे । नेपाल छाड्नुअघि र रोजगारीका क्रममा कामदारले भर्नासँग सम्बन्धित तालिम खर्च वहन गर्नुपर्ने छैन उनले भने । हामी कुनै पनि सरकारी निकायहरू र गैर-सरकारी संस्थाहरूलाई हाम्रो शून्य-भर्ती अवलोकन र समर्थन गर्न स्वागत गर्दछौं कार्यक्रममा एचआर लिलेले आफ्नो एकमात्र भर्ती एजेन्सीको रूपमा नेपालको मेनपावर  व्हाईट हर्ष प्रालिलाई नियुक्त गरेको बताए । आफ्नो कम्पनीको मलेसिया वा नेपालमा अन्य कुनै भर्ती एजेन्सी संलग्न नभएको र नहुने एचआर लिले बताए । व्हाईट हर्ष रिक्रुटमेन्ट प्रालिको भूमिका भनेको नेपालमा कुनै पनि अन्य म्यानपावर एजेन्सी र एजेन्टको प्रयोग नगरी सीधै कामदारहरूको स्रोत बनाउनु रहेको एचआर लिले बताए ।


माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले भर्ती टोली अन्तर्वार्ता र छनोट गर्न कामदारहरूले कुनै भर्ती शुल्क नतिर्ने कुरा सुनिश्चित गर्न काठमाडौंमा आएको जनाएको छ । यदि कुनै कामदारले व्हाइट हर्षलाई भर्ती शुल्क तिरेको छ भने हामी उसलाई सम्बन्धित अधिकारीहरू र माई टेक एसडिएन बिएसडि भर्ती टोलीलाई यो रिपोर्ट गर्न आग्रह गर्दछौ एचआर निर्देशक लिले पत्रकार सम्मेलनमा भने । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडि वा व्हाईट हर्ष रिक्रुटमेन्टले कम्पनीको प्रतिष्ठालाई हानि पुर्‍याउने झूटा दाबी गर्ने जो कोही विरुद्ध पुलिस  र सरोकारवाला निकायमा रिपोर्ट दर्ता गर्न पछि नपर्ने जनाएको छ । माईटेकले श्रमशक्तिसँग विगतका सकारात्मक अनुभवका कारण नेपाललाई आफ्नो श्रमको प्राथमिक स्रोतको रूपमा रोजेको बताएको छ । नेपाली कामदारहरू छिटो सिक्ने र इमान्दार भएकाले आफ्नो रोजाइमा परेको एचआर निर्देशक लिले बताए । माई टेक कम्पनीमा सामेल भएका कामदारहरूको अनैतिक भर्ती वा भर्तीसँग सम्बन्धित शुल्कको भुक्तानीको सम्बन्धमा कुनै चिन्ता छ भने कम्पनीको  इमेल [email protected] या  +6075981316 मा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडि सन २००४ मा स्थापित भै जोहोरवारु राज्य मलेशियामा मुख्यालय रहेको  निर्माण समाधान कम्पनी भएको कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय र स्थानीय आवश्यकताहरू सेवा गर्दै कारखानाको साथ ४ प्लान्टहरु बाट आफ्नो उत्पादन गर्ने गरेको कम्पनीले जनाएको छ । कम्पनीको प्राथमिक उत्पादन गतिविधिहरू हाल मलेसिया र फिलिपिन्समा आधारित रहेका छन । कम्पनीको अन्तर्राष्ट्रिय साझेदारहरूले उत्पादनहरू विश्वभर बजारीकरण गर्ने गरेको कम्पनीले जनाएको छ ।

डिमाण्ड हेर्न यहाँ क्लिक गर्नुहोला 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनआरएनए एकताको प्रयासमा पूर्व अध्यक्ष शेष घले नेतृत्वमा बैठक सम्पन्न (भिडियो) बालुवाटारमा कांग्रेस–एमाले शीर्ष नेता छलफलमा, मन्त्रिपरिषद् बैठक स्थगित प्रसाईंलाई साइबर ब्यूरो पठाइयो, आज म्याद थप नहुने रवि लामिछानेले हुण्डीबाट अमेरिकामा पैसा पठाएको पनि खुल्न आएको छः एमाले नेता बस्नेत जापान प्रकरण: एमालेका सांसद अधिकारीसहित ९ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति एमाले नेता बस्नेतले भने: पपुलरिटीको आवरणमा पपुलिस्टहरुले भ्रष्टाचार गरिरहेका छन्, बालेनदेखि कुलमानसम्म कसलाई के आरोप? ट्यालेन्ट हन्टबाट कर्णाली याक्सले छान्यो पाँच उदयीमान खेलाडी घलेको ‘इन्ट्री’पछि एनआरएनएमा अर्को ‘लफडा’, कार्यालय बन्द गराएर रिसोर्टमा केसी नसोचेको भयो – संयोजक शेष घले मीनबहादुरले एमालेलाई दान दिएको जग्गा प्रकरणको पेसी आज पनि हेर्न नभ्याइनेमा महिला कैदीलाई बलात्कार आरोपमा राजविराज कारागारका कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी कैलालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु तीन महिनामा ४ खर्ब ७ अर्ब रुपैयाँ भित्रियो रेमिट्यान्स दुर्गा प्रसाईँविरुद्ध लाग्न सक्छ यी अभियोग दुर्गा प्रसाईँलाई पुर्‍याइयो वीर अस्पताल आफू पक्राउ अगावै दुर्गा प्रसाईंले दिएका थिए पक्राउको जानकारी चिर्पटले हिर्काएर श्रीमतिद्वारा श्रीमानको हत्या आज पनि एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ? दु्र्गा प्रसाईँमाथि ७ वर्षसम्म हुनसक्छ कैद : अभिवक्ता विनिता तामाङ सरकार पहिलो चौमासिकमा राजश्व संकलन गर्न कमजोर भक्तपुरस्थित निवासबाट पक्राउ परे दुर्गा प्रसाईं